२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बुटवलबाट गैँडाको खाग सहित ३ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले बुटवल उपमहानगरबाट गैँडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगर ५ स्थित हरियाली होटलबाट खाग सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रकोट ७ सुर्यथुमका नर बहादुर सुनार र पदम सुनार तथा छत्रकोट ५ रानीचापका सुमन न्यौपाने रहेका छन् । उनीहरुबाट प्रतिबन्धित गैँडाको खाग बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलको टोलिले होटलमा छापा मार्दा होटलको कोठा नम्बर ११८ बाट खाग सहित ३ जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई खाग सहित थप अनुसन्धानको लागी डिभिजन वन कार्यालय भैरहवा रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ८ : ५७ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,