२४ बैशाख २०८१, सोमबार | May 6, 2024

भृकृटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशन सुरु



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ ।

काठमाडौंको भृकृटीमण्डमा सुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसका केन्द्रीय नेताहरु, महाधिवेशन प्रतिनिधिहरु, कार्यकर्ता, समर्थक, शुभचिन्तकहरु सहित सर्वसाधारणको उपस्थिति रहेको छ ।

कार्यक्रमको उद्घाटन सत्रलाई प्रवक्ता विश्वप्रकाश शर्माले संचालन गरेका छन् । शर्मा कांग्रेसको सञ्चार विभागका संयोजकसमेत हुन् ।

उद्घाटनसत्रमा देश तथा विदेशबाट आमन्त्रण गरिएका पाहुना आउने क्रम पनि चलिरहेको छ ।

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।

भारतका विभिन्न राजनीतिक दलका प्रतिनिधि पनि सहभागी भएका छन् । उद्घाटन सत्र सुरु हुनुअघि विभिन्न जातजातिको झाँकी प्रस्तुत भएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  २ : ३९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८

लखनउमाथि कोलकोता ९८ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : बाग्मतीसहित तीनवटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ