४ पुस २०८२, शुक्रबार | December 19, 2025

राजनीति गर्ने इच्छा भए ज्ञानेन्द्रले पार्टी खोले हुन्छ, नत्र व्यापार गरेर बस्दा राम्रो : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने इच्छा भए पार्टी खोलेर आउन सुझाव दिएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गदै अध्यक्ष नेपालले नेपाली राजनीतिमा राम्रो सङ्केत नदेखिएको भन्दै राजनीतिमा कालो बादल मडारिरहेको बताए ।

‘म नेपालको राजनीतिमा राम्रो सङ्केत देखिरहेको छैन । राजनीतिमा कालो बादल मडारिरहेको छ ।’ उनले भने । नेपालले प्रतिगामी तत्त्वहरूलाई टाउको उठाउने दुस्साहस नगर्न र नेपालमा पुन राजतन्त्र फर्कन नसक्ने दाबी समेत गरे । ‘प्रतिगामी तत्त्वहरूलाई भन्न चाहन्छु–फेरि टाउको उठाउने दुस्साहस नगर्नुस् । फेरि नेपालमा राजतन्त्र फर्कन सक्दैन । नेपाली जनता ज्वालमुखीझैँ विस्फोटमा जाग्ने छन्’, नेता नेपालले भने,-‘राजाले पनि पार्टी खोले हुन्छ । नत्र व्यापार गरे हुन्छ ।’ उनले नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्ने र लोकतन्त्रलाई सुदृढ गर्ने बताए ।

उनले अहिले पनि शोषण, दमन र अत्याचार कायम रहेको उल्लेख गर्दै दलहरुको सहकार्य र सहमतिबाट ती विकृतिहरुलाई हटाउन आवश्यक रहेको बताए । लोकतन्त्रका लागि दलहरुका बीच हातेमालो भएको स्मरण गर्दै सत्ता प्राप्त गर्नु मात्र परिवर्तनको लक्ष्य नभएको स्पष्ट पारे ।उनले सामाजिक रुपान्तरणको लडाँई बाँकी रहेको भन्दै उपलब्धीहरुको रक्षा गर्दै सामाजिक रुपान्तरणमा लाग्न दलहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ५ : २१ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा