४ पुस २०८२, शुक्रबार | December 19, 2025

कांग्रेस महाधिवेशन : संस्थापन इतर पौडेल समुहका आधिकारीक उम्मेदवार शेखर कोईराला, महामन्त्रीमा गगन थापा



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन इतर समुहको दोस्रो उम्मेदवारकारुपमा नेता शेखर कोइरालाले पनि सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । प्रकाशमान सिंहले आफ्नो अडान नछाडेपछि रामचन्द्र पौडेल पक्षले सभापति पदका लागि शेखर कोइरालालाई आधिकारिक उम्मेदवार बनाएको हो । पौडेल पक्षको शनिबार बसेको बैठकले कोइरालालाई आधिकारिक उम्मेदवारको रुपमा टुंगो लगाएको हो ।

पौडेलपक्षबाट उपसभापतिका लागि महेश आचार्यलाई उम्मेदार बनाउने निर्णय गरिएको छ भने महामन्त्री पदमा गगन थापाको नाम प्रस्ताव गरिएको छ । अर्को महामन्त्रीमा मिनेन्द्र रिजाल वा विश्वप्रकाश शर्मामध्ये एकलाई आधिकारी उम्मेदवार बनाउने गृहकार्य भइरहेको पौडेल समूह निकट स्रोतले जनाएको छ ।

नेता पौडेलले आफ्नो पक्षबाट शेखर कोइरालालाई सभापतिका लागि आधिकारिक उम्मेदवारको रुपमा उभ्याएको भन्दै विज्ञप्ति समेत सार्वजनिक गरिसकेका छन् ।

कांग्रेस विधानमा १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री निर्वाचित हुने र १ जना कोषाध्यक्ष मनोनित गरी १४ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ जना र ७ प्रदेशबाट १र१ महिलासहित २१ जना आउने छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ४ : ५६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको