२२ बैशाख २०८१, शनिबार | May 4, 2024

पशुपति क्षेत्रमा विशेष सफाइ



काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ परिसरलाई स्वच्छ र सफा बनाउने उद्देश्यले सुरु भएको स्वच्छ पशुपति अभियानअन्तर्गत शनिबार परिसर सफाइ गरिएको छ ।

पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको तीर्थस्थल एवं अन्य धर्मावलम्बीको गन्तव्यस्थलका रूपमा विकास गर्न स्वच्छ बनाउने अभियान गत असोज पहिलो सातादेखि सुरु भएको थियो ।

शनिबारको सफाइमा कलाकर्मी, समाजसेवी एवं मेरिल्याण्ड राज्य अमेरिकाका अवैतानिक महावाणिज्यदूत प्रेमराजा महत, नायक शिव श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापालगायत अभियानकर्मीको सक्रियता रहेको पशुपति सरसफाइ अभियानका संयोजक डा. श्याम खड्काले जानकारी दिए ।

सफाइका क्रममा पशुपति क्षेत्रमा जम्मा भएका कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गरिएको थियो । सफाइबाट सङ्कलन गरिएको फोहर काठमाडौँ महानगरपालिकाको गाडीमा पठाइएको जनाइएको छ । असोज पहिलो सातादेखिको प्रत्येक शनिबार पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु भएको छ । सफाइमा कलाकारको विशेष सहभागिता रहने गरेको छ ।

सफाइका क्रममा गुर्जोलगायत ४८ प्रकारका जडीबुटीबाट बनेको चियाको पोकासमेत निःशुल्क वितरण गरिएको थियो । सफाइका क्रममा गुर्जो अभियानकर्मी एवं आन्तरिक राजस्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले गुर्जोबाट बनेको चियाको सेवनसमेत गराएका थिए । कलाकार महतले अमेरिका लैजानसमेत गुर्जो चियाका पोका लिनुभएको जनाइएको छ । अमेरिकामासमेत जडीबुटीबाट बनेका चिया एवं औषधिको माग बढेको उनको भनाइ थियो ।

शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने गुर्जो चिया ग्याष्टिकलगायत धेरै रोगका लागि औषधिको समेत काम गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ । धेरै जडीबुटीले औषधिको काम गर्ने आयुर्वेद चिकित्सक डा वंशदीप शर्मा खरेलले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : ३८ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३

रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने, महामन्त्रीलाई प्रतिवेदन बनाउने जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम-२ को उपनिर्वाचनको

भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्छ, कर्मचारीलाई कमिसन किन ? : सांसद साह

काठमाडौं । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको