२३ बैशाख २०८१, आइतबार | May 6, 2024

कांग्रेस महाधिवेशन : अन्तिम नामावली आज १२ बजेपछि सार्वजनिक, भोलि बिहान ८ बजेदेखि मतदान



काठमाडौं । शुक्रबारदेखि सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृतवका लागि १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आइतबार ९आज० ११ बजेसम्म उम्मेद्‌वारी फिर्ताको समय छ भने अन्तिम नामावली मध्यानह सवा १२ बजे सार्वजनिक गरिनेछ ।

‘अहिले ११ बजेसम्म उमेद्‌वारी फिर्ताको समय छ । उम्मेद्‌वारी फिर्ता गरेपछि कुन कुन पदमा सर्वसम्मत हुन्छ ? कुन कुनमा निर्वाचन हुन्छ ? हामीले सर्वसम्मत र निर्वाचन हुने पदहरूको अन्तिम नामावली आजै सवा १२ बजे प्रकाशन गर्नेछौँ’, घिमिरेले भने ।

उनका अनुसार केही कलष्टरहरूमा सर्वसम्मत हुने सम्भावना देखिएको छ । सर्वसम्मत नभएका पदमा भने सोमबार (भोलि) बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।

कुन पदमा कति जनाको उमेद्वारी ?

निर्वाचन समितिका अनुसार सभापति एक पदका लागि शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला, युवराज न्यौपाने र कल्याण गुरुङको उमेद्‌वारी परेको छ ।

उपसभापतिमा विजयकुमार गच्छदार, पूणर्बहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्यश्वरी शाहले उमेद्वारी दर्ता गराएका छन् ।

यस्तै, महामन्त्रीमा डा। मिनेन्द्र रिजाल, गगन थापा, डा। प्रकाशशरण महत, प्रदीप पौडेल, डा। राजाराम कार्की र विश्वप्रकाश शर्माले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै ८ सहमहामन्त्री पदका लागि २० जनाको उम्मेदवारी परेको छ । १२१ केन्द्रीय सदस्य पदका लागि ५०९ जनाको उम्मेदवारी परेको छ भने खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

दलिततर्फ नौ पदका लागि ३९, महिलातर्फको खुला नौ पदका लागि ३१ जना, खस आर्य १३ जनाका लागि ९३ जना, मधेसी नौ जनाका लागि ३२ जना, आदिवासी जनजाति १५ पदका लागि ८७ जना, थारु चार जनाका लागि १४ जना, पिछडिएको क्षेत्रको एक पदमा दुई जना, मुस्लिम तीन जनाका लागि १६ जना, अल्पसंख्यक एक पदका लागि ६ जना र अपांग एक पदका लागि १६ जनाको उम्मेदवारी निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १० : ०८ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa