१० भदौ २०८३, बुधबार | August 26, 2026

देउवाले हारे गठबन्धन सरकार हट्दैन, नेतृत्व परिवर्तन हुन्छ : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले शेरबहादुर देउवा पराजित भए पनि गठबन्धन सरकार कायम हुने बताएका छन् ।

आइतबार आफूलाई मत माग्नका लागि आयोजना गरिएको कार्यक्रममा शेखरले सभापतिका अर्का उम्मेदवार देउवाले आफूले हारे गठबन्धन सरकार हट्छ भनेको भन्दै नेतृत्व परिवर्तन हुने बताए ।

‘उहाँले म हारे भने यो गठबन्धन सरकार हट्छ भन्नु भयो। म प्रण गर्न चाहन्छु नेतृत्व परिवर्तन हुन्छ’ उनले भने । उनले महाधिवेशनमा आफूले जितेपछि गठबन्धन अझ बढी संगठित हुने र निर्वाचनमा होमिने बताए ।

‘सरकारलाई अझ मजबुत बनाउने प्रयास हाम्रो नेतृत्वले गर्ने छ’ कोइरालाले भने ।

आफूहरु पार्टीका अनुभवी नेता देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला लगायतको अनुभवलाई लिएर अगाडि बढ्ने बताए।
महाधिवेशनपछि आफूहरु निर्वाचनमा केन्द्रीत हुने उनले बताए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : ४३ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ