६ श्रावण २०८३, बुधबार | July 22, 2026

बेलायतमा ओमिक्रोनबाट पहिलो पटक मृत्यु



लन्डन । बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण एक जनाको मृत्यु भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आइतबार मात्र सरकारले ओमिक्रोन संक्रमित बिरामीहरुलाई अस्पताल भर्ना गरिएको जनाएको थियो ।

‘दुःखका साथ भन्नु परेको छ की ओमिक्रोन संक्रमितहरुलाई अस्पताल भर्ना गर्नु परेको छ र पहिलो पटक एक जनाको ओमिक्रनबाट मृत्यु भएको पुष्टि भएको छ,’ प्रधानमन्त्री जोनसनले भने ।

कोभिडबाट जोगिनका लागि दुई डोज खोप पर्याप्त नभएको भन्दै उनले बुस्टर डोज लगाउन आह्वान गर्दै आएका छन् ।

नयाँ भेरियन्ट तीव्र बढेपछि सरकारले अर्को सातादेखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज दिने भएको छ । पछिल्लो समयमा बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार नाघेको छ । विज्ञहरुले आगामी पाँच महिनाभित्र बेलायतमा ७५ हजारको मृत्यु हुने चेतावनी दिँदै आएका छन् । -एजेन्सी

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ७ : २६ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज