२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

कालिका माविमा पुष १ गतेबाट खेलसप्ताह



बुटवल । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा जिल्लास्तरिय कालिका रनिङ शिल्ड प्रतियोगिता २०७८ हुने भएको छ । विद्यालयको ६१ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पुस १ गतेबाट ७ गतेसम्म खेल सप्ताह हुने भएको हो ।

मंगलबार विद्यालय परिसरमा पत्रकार सम्मेलन गरि प्राध्यापक दिनेश थापाले तयारी पूरा भएको बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयासहित शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि दोस्रो टिमले ३० हजार नगद, तेस्रो टिमलाई नगद २० हजार रुपैया सहित मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

छात्रछात्रा गरि दुई विद्यामा गरि कक्षा १२ सम्मका विद्यार्थीहरुले भाग लिने उनले बताए । छात्रछात्रा गरि ज्यावलिङ थ्रो, लङजम्प, भलिबल, कबड्डि तथा एथलेटिक्स ट्याकतर्फ ८ सय, १ हजार ५ सय र ३ हजार मिटर गरि १६ ईभेन्टहरुमा खेल हुने खेल संयोजक हरिस वलीले बताए । कुल १६ स्वर्ण पदक, १६ कास्य र १६ रजत पदकका लागि प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा ३० वटा विद्यालयका ४ सय ८० जना खेलाडीहरु ६० जना प्रशिक्षकहरु सहभागी हुने छन ।

यसैगरि सेक्टर २ रामनगरमा खुल्ला ५ हजार मिटर दौड, कालिका गायनकला प्रतियोगिता, विज्ञान प्रविधि प्रर्दशनी लगायतसमेत हुने छ । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामी, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, सल्लाहकार समिति सदस्य घनश्याम पाठक, सदस्य नित्यानन्द ज्ञवाली, सदस्य महेन्द्र थापाले समुदायको सहकार्य र शिक्षक कर्मचारीहरुको मेहनतकै कारण नमुना विद्यालय बन्न सफल भएको बताए । विद्यालयमा ८ हजार विद्यार्थी अध्ययरत छन भने शिक्षक, कर्मचारी गरि ३ सय २० जना
रहेका छन ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ५ : २१ बजे

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको जारी मतगणनामा

रुपन्देही-२ बाट रास्वपाका सुलभ खरेल भारी मतका साथ विजयी, धन्यवाद र्‍याली गर्ने तयारी

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुपन्देही निर्वाचन क्षेत्र नम्बर

पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी

पर्वत । पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज

सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा सर्लाहीका चार वटै