२३ असार २०८३, मंगलबार | July 7, 2026

सहमहामन्त्रीमा देउवा पक्षको वर्चश्व



काठमाडौं । नेपाली कांग्रेसको सह महामन्त्री पदमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ । उपसभापति र महामन्त्रीमा मिश्रित परिणाम आएका बेला आठ सहमहामन्त्रीमा देउवा पक्षले ६ वटा आफ्नो पक्षमा पारेको हो ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको अन्तिम मतपरिणाममा डा. शेखर कोइराला पक्षबाट सहमहामन्त्रीमा दुई जना निर्वाचित भएका छन् ।

सहमहामन्त्रीको मतगणना बिहीबार साँझदेखि सुरु भएको थियो । बिहीबार राति महिला, आदिवासी जनजाति र दलिततर्फको मतगणना सकिएको थियो । जसमा देउवा पक्षबाट महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे र कोइराला पक्षबाट जीवन परियार निर्वाचित भएका थिए ।

बाँकी पाँच सहमहामन्त्री पदमा शुक्रबार विहानदेखि जारी मतगणनामा चारमा देउवा पक्ष र एकमा कोइराला पक्षका उम्मेदवार विजयी भएका छन् ।

शुक्रबार साँझ प्राप्त मतपरिणामअनुसार मधेसीतर्फ महेन्द्र यादव, मुश्लिमतर्फ फरमुल्ला मन्सुर, खसरआर्यतर्फ किशोर राठौर, थारुतर्फ उमाकान्त चौधरी निर्वाचित भए । यी सबै देउवा समूहका हुन् । त्यसैगरी पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे निर्वाचित भए । कोइराला खेमाका पाण्डेले देउवा प्यालनका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गरेको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार सहमहामन्त्रीको मतगणना सकिएसँगै अब निर्वाचन समितिको बैठक बसेर आजै राति केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ५ : ५० बजे

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा

प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष

पहिरोका कारण सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद

रोहिङ्ग्या शिविरमा भूस्खलन : पाँच बालबालिकासहित आठ जनाको मृत्यु

ढाका । बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा

टेक जगतमा हलचल मच्चाउँदै माइक्रोसफ्टले गरयो ४८ सय कर्मचारी कटौतीको निर्णय

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अचानक आफ्ना धेरै