२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

साफ यू-१९ महिला फुटबल : नेपाल फाइनल नजिक



काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल फाइनल नजिक पुगेको छ ।

बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न खेलमा भुटानलाई ४ शुन्य गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । भुटानमाथिको यो जितसँगै तीन खेलमध्ये दुईमा जित र एकमा बराबरीको नजिता निकालेको नेपालले सात अंक जोडेको छ ।

आयोजक बंगलादेशको पनि तीन खेलमा सात अंक रहेको छ । यता भारतले भने तीन मध्ये दुई खेलमा जीत र एक खेलमा पराजय भोग्दै ६ अंक जोडेको छ ।

नेपालले अब डिसेम्बर १९ मा भारतको सामना गर्नेछ र सोही खेलको नतिजाले नेपालको अबको यात्राको टुंगो लगाउनेछ । यता चार खेलमध्ये केवल एक खेलमा जित निकालेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ ।

शुक्रबारको खेलमा नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक-एक गोल गरे । मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

कुशुमले खेलको १८ औं मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन् । रजनीले नेपाललाई २१ औं मिनेटमा ३ शुन्य गोलको अग्रता दिलाईन ।

मेनुकाले खेलको ७२ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : ४९ बजे

दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना, सरोकारवालाले छलफल गर्दै

काठमाडौं । दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता गुमाउने सम्भावना बढेको छ

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र