२३ बैशाख २०८१, आइतबार | May 5, 2024

वैदेशिक रोजगारीबाट आर्जित पुँजी र सीपलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने राज्यको नीति : मन्त्री श्रेष्ठ



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने राज्यको नीति रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मन्त्री श्रेष्ठले भनेका छन्, ‘आप्रवासी श्रमिकहरूले श्रम गरी कमाएको पैसाले आफ्नो मातृभूमिको आर्थिक विकासमा टेवा पुर्‍याइरहेका छन् भने रोजगारदाता मुलुकको विकासमा योगदान दिइरहेका छन् ।’

श्रमको सम्मान गर्दै प्रत्येक कामदारको हक रक्षाका लागि श्रम ऐन, २०७४ लाई थप श्रमिकमैत्री बनाइनुका साथै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको छ ।’

पछिल्लो समय श्रमिकमैत्री हुनेगरी विद्यमान नीति, ऐन तथा कानुनसमेत परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकसँग दुई पक्षीय सम्झौतामासमेत श्रमिकमैत्री हुने गरी पुनरवलोकन एवं नवीकरणको काममा मन्त्रालय क्रियाशील रहेको बताए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ८ : २६ बजे

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं