२२ भदौ २०८३, सोमबार | September 8, 2026

जग्गा एकीकरण र प्रदेश राजधानीको गुरु योजना एकैसाथ सम्पन्न गर्न मुख्यमन्त्री केसीको निर्देशन



भालुवाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्विनी प्रदेशको राजधानी निर्माणका लागि जग्गा एकीकरण र गुरुयोजनाको काम एकै साथ सम्पन्न गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्रीको सम्पर्क कार्यालय लालमटियामा बसेको राजधानी निर्माणका सन्दर्भमा गठित जग्गाा एकीकरण कार्यदलको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले जग्गा एकीकरण र गुरु योजनको काम १ महिना भित्र सम्पन्न गर्न निर्देशन दिए ।

उनले दुबै कामलाई युद्धस्तरमा अगाडी बढाउन कार्यदलका पदाधिकारीहरुलाई निर्देशन दिए । उनले प्रदेशको राजधानी निर्माणको विषयमा जति सकिन्छ युद्ध स्तरमा काम गर्नु पर्ने भएकोले सबैलाई यस कार्यमा सहयोग गर्नका लागि पनि आग्रह गरे । मुख्यमन्त्री केसीले राजधानी निर्माणको विषय ख्याल ठट्टाको विषय नभएको उल्लेख गर्दै हालको प्रदेशबासीको हित र भावि पुस्तालाई पनि न्याय हुने गरी काम गरिनु पर्नेमा जोड दिए ।

‘हाम्रो लुम्बिनी प्रदेशले सौभाग्य पाएको छ, एउटा भर्जिन ल्याण्डमा छौँ, हामीले यसलाई विचार पु¥याएर अगाडि बढेमा देशकै सुन्दर प्रदेश राजधानी निर्माण गर्न सक्छौ,’ उनले भने, -‘त्यसका लागि स्थानीयतहका जनप्रतिनिधीहरुको सहयोग आजसम्म प्राप्त भएको छ अझै निरन्तर रुपमा सहयोग हुनेछ र हामी सबैको सुन्दर राजधानी बनाउँछाँ ।’

मुख्यमन्त्री केसीले लुम्बिनीको राजधानी निर्माणका लागि भित्र र बाहिरी घेरा बनाएर काम गर्नका लागि निर्देशन गर्दै भनेः–’हाम्रो राजधानीको निर्माणका लागि पहिलो चरणमा राप्ती गाउँपालिका, गढुवा गाउँपालिका, सितगंगा पहिलो घेरा बनाएर काम गर्ने, दोस्रो चरणका लागि लमही नगरपालिका, कपिलबस्तुको शिवराज नगरपालिका, प्यूठानको सरुमारानी गाउँपालिका लगातयतलाई सहभागी बनाएर अगाडि जानु पर्दछ ।’

यस्तै बैठकमा कानून, महिला बालबालिका मन्त्री रमा घर्तीमगरले सबै जनतालाई हित हुने गरी काम गरी प्रदेशका राजधानी राम्रो बनाउन गरी कानूनी वाधा अवरोध भएमा पनि त्यसलाई सहजीकरण गर्नका लागि सम्बन्धित पक्षलाई निर्देशन दिइन् ।

लुम्बिनी प्रदेश सरकार मन्त्री परिषद्ले मुख्य न्यायधिबक्ताको श्रीकृष्ण सुवेदीको संयोजकत्वमा ५ सदस्यीय जग्गा एकीकरण कार्यदल निर्माण गरेको थियो । बैठकमा कार्यदलका संयोजक श्रीकृष्ण सुवेदीले आफ्नो समितिलाई प्रदेश सरकारले दिएको कार्यका पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमा राप्ती गाउँपालिका, सितगंगा गाउँपालिका, लमही नगरपालिका, गढुवा गाउँपालिका लगायतका जनप्रतिनिधीहरुको समेत उफस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ८ : ४८ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार