९ बैशाख २०८३, बुधबार | April 22, 2026

६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वारेन्टीन अनिवार्य (सूचीसहित)



काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन फैलिएका ६७ देशबाट नेपाल आउँदा सात दिन होटल क्वारेन्टीन बस्न अनिवार्य गरिएको छ ।

ओमीक्रोन संक्रमण फैलिएका ती देशहरुबाट नेपाल आउनेहरुबाट नेपालमा संक्रमण भित्रन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै अध्यागमन विभागले ६७ देशबाट नेपाल प्रवेशगर्ने जो कोहीलाई नेपाल प्रवेश गर्दा अनिवार्य क्वारिन्टेन बस्नुपर्ने व्यवस्था गरेको हो । विभागले आज एक विज्ञप्ति प्रकाशित गर्दै विभिन्न ६७ देशबाट नेपाल आउनेहरूलाई होटल क्वारेन्टीन अनिवार्य गरेको जनाएको छ । होटल क्वारेन्टीन बस्दाको खर्च स्वयम व्यक्ति आफैले नै तिर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विभागकाअनुसार, ७ दिन होटल क्वारेन्टीन पछि मात्र कोरोना परीक्षण गराउनु पर्ने र रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वरेण्टीन बस्नुपर्नेछ ।

नतिजा पोजिटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेशन केन्द्र वा अस्पताल राखिने विभागले जनाएको छ । छिमेकी देश भारतसहित एसियाली देशहरुमा पनि ओमिक्रोन फैलिँदै गएको भन्दै नेपाल प्रवेशमा कडाइ गरिएको हो ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ९ : ५१ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका