१० भदौ २०८३, बुधबार | August 26, 2026

मतगणना अपडेट : शशांक अघिअघि, एनपी साउद पछिपछि



काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा शशांक कोइरालाले सर्वाधिक मत पाएका छन् । पछिल्लो विवरण अनुसार उनीसँगै एनपी साउदले दोस्रो नम्बरमा मत पाइरहेका छन् ।

शेरबहादुर देउवा र शेखर कोइराला दुवै प्यानलमा शशांकलाई राखेका थिए । १५८९ मत गणना हुँदा कोइरालाले सर्वाधिक १३१३ मत पाएका छन् । देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्न खोजे पनि नपाएका एनपी साउद कोइराला भन्दा पछिको मत पाइरहेका छन् ।

उनले १०२२ मत पाएका छन् । उनीपछि गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणले ९७५ मत पाएका छन् ।

खाँणपछि सभापति देउवाकै गृहप्रदेशका रमेश लेखकले ९६९ मत पाएका छन् । त्यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि ९५५ मत पाए ।

 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १० : ३८ बजे

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट

भोटेकोशी बाढी : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन