२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

सिख धर्मको निन्दा गरेको आरोपमा अमृतसरको गोल्डेन टेम्पलमा युवकको हत्या



नयाँ दिल्ली । पन्जावको अमृतसरस्थिर गोल्डेन टेम्पलमा एक युवकको हत्या भएको छ । सिख धर्मको निन्दा गरेको आरोपमा एउटा समूहले युवकको हत्या गरेको हो । ती युवक नियमित साँझको प्रार्थनाको समयमा रेलिङ चढेर मन्दिरको गर्भगृहमा पुगेका थिए ।

उनले सिखहरुको पवित्र पुस्तक गुरु ग्रन्थ साहिव अगाडि रहेको एउटा तरबार समाउने प्रयास गरेका थिए । निधारमा पहेलो फेता बाँधेका ती युवकको अस्वभाविक कार्य देखेपछि भक्तजनले उनलाई समाउने प्रयास गरेका थिए ।

सो घटनाबारे सार्वजनिक भएको एउटा सीसी क्यामेरको भिडियो फुटेजमा अन्दाजी २५ वर्ष ती व्यक्तिको अस्वभाविक गतिविधिपछि प्रार्थना गर्न आएका व्यक्तिले होहल्ला गरेका थिए । त्यसपछि उनी मन्दिरको रेलिङबाट हाम फालेका थिए ।

एकै क्षणमा मन्दिरमा जम्मा भएका केही व्यक्तिले उनलाई समातेर कुटेका थिए । लगत्तै उनको मृत्यु भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १० : १६ बजे

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो