२ पुस २०८२, बुधबार | December 17, 2025

खेलाडीहरुलाई खेलकुद मन्त्रीले भने- ‘तपाईहरु जितेर फर्कनुहोस, म बिमानस्थलमा स्वागतकालागि आफै उपस्थित हुनेछु’



काठमाण्डौं । बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली भलिबल टिमलाई बिदाई गरीएको छ । आईतबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बंगलादेश जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टिमलाई बिदाई गरेका हुन् ।

डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियललाई बिदाई गर्दै मन्त्री अथकले उद्धेश्य प्राप्तीकालागि शुभकामना समेत दिए ।

नेपालको राष्ट्रिय खेलका रुपमा रहेको भलिवलको संस्थागत विकासमा उल्लेख्य काम हुन नसकेता पनि खेलाडीहरुले अन्तराष्ट्रिय स्तरमा राम्रो नतिजा निकाल्न सफल भएको उल्लेख गर्दै मन्त्री अथकले भने, “तपाईहरु जितेर फर्कनुहोस, म बिमानस्थलमा स्वागतकालागि आफै उपस्थित हुनेछु ।”

नेपाली टिम सोमबार मध्यान्न बंगलादेश उड्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : ०० बजे

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको

क्यान्सर अस्पताललाई चिनियाँ सहयोग

काठमाडौं । यहाँस्थित चिनियाँ दूतावासले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर

नेपाल-चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल-चीन आर्थिक सहकार्य र लगानी

बुटवलमा भोलिदेखी सुरु हुने १६ औं औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूर बुटवल । १६ औँ राष्ट्रिय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर