२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालनमा, कोभिड जाँच गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्यो



बाजुरा । बाजुरामा पिसिआर ल्याब सेवा सञ्चालनमा आएको छ । कोभिड-१९ जाँचका लागि पिसिआर ल्याब सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा। प्रकाशराज जोशीले जानकारी दिए ।

कोभिड जाँचका लागि योभन्दा अघि धनगढी, डोटी लगायत जिल्लाबाहिर जानुपर्ने बाध्यता थियो । सेवा सञ्चालनमा ल्याएर ७७ जनाको स्वाब परीक्षण समेत गरिसकेको छ । ७७ जनामा ६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको अस्पतालले जनाएको छ ।

बाजुरामा सञ्चालनमा ल्याएको ल्याबको गुणस्तरीय समेत जाँच सफल भइसकेको छ । चेक गरेको स्वाब काठमाडौं पठाउदा पनि यहाँको ल्याब राम्रो रहेको प्रमाणित भइसकेको प्रमुख जोशीले बताए ।

पिसिआर ल्याब सञ्चालनका लागि संघ सरकार र प्रदेश सरकारले लगानि गरेका हुन् । अपुग सामग्री अस्पतालले २७ लाखमा टेन्डर गरेर खरिद गरेको हो ।

सेवा सञ्चालनका लागि अस्पतालले मेडिकल ल्याब अधिकृत राम विष्टलाई नियुक्त गरेको छ । आइएनएफ बाजुरा नामक गैरसरकारी संस्थाले एक जना ल्याब टेक्निसियनको व्यवस्था गरेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ७ : २५ बजे

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म

भूकम्पले क्षति पु¥याएको अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको सहिद लखन गाउँपालिका-४ स्थित

सात हजार पशुपन्छीको उपचार

कैलाली । कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो

नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच