७ बैशाख २०८३, सोमबार | April 21, 2026

सेवा थप्दै लुम्बिनी प्रादेशिक अस्पताल, थप ४ विशिष्ट सेवा आजबाट शुभारम्भ



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप ४ सेवाहरुको शुभारम्भ गरिएको छ। एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका स्वस्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री ईन्द्रजित थारुले थपिएका ४ सेवाहरुको उदघाटन गरे । अस्पतालले आज आयोजना गरेको विषेश कार्यक्रममा उपस्थित मन्त्री थारुले अस्पतालमा १० बेडको डायलासिस सेवा, ट्रमा वार्ड , भिसिटिङ पास तथा कोभिड ईमेरजेन्सी सेवाको एकसाथ शुभारम्भ गरेका हुन् ।

यसअघि अस्पतालमा रहेको ६ बेडको डायलासिस सेवालाई बिस्तार गरेर १० बेड पु¥याईएको छ । एचआईभी र हेपाटासिस बी भएका मृगौलाका बिरामीहरुलाई छुट्टै २ बेडको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । मन्त्री थारुले अस्पताल परिषरमा नव निर्मित भवनमा बनाईएको कोभिड ईमेर्जेन्सी वार्ड तथा २४ सै घण्टा संचालनमा आउने गरि तयार भएको ट्रमा वार्डको पनि उदघाटन गरे । एचआईभी र हेपाटाईसिस बी भएका बिरामीको डायलासिस वार्ड काठमाडौ बाहिर पहिलो भएको लुमिबनी प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष सुर्य भट्टराईले दाबी गरे ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ईन्द्र ढकालले छोटोसमयमा धेरै कामहरु अघि बढाईएको भन्दै यसलाई निरन्तरता दिन सबैको साथ जरुरी रहेको बताए। अस्पतालमा नियुक्ति भएर ८० दिनमा गरेको कामलाई सार्वजनिक गर्दै मेसु ढकालले ट्रमा वार्डमा अर्थोपेडिक चिकित्सक २४ घण्टा खटिने जानकारी दिए । त्यस्तै कोभिड ईमेरजेन्सी सेवा समेत एउटै बिल्डिङमा शुरु गरिएको जानकारी दिँदै जहाँ आईसियु २०, जनरल र ईमेरजेन्सी २७ बेड रहेको बताए ।

यसअघि पनि आधा दर्जन बढि सेवा शुरु गरेको अस्पतालले फेरि नयाँ सेवा बिस्तार गरेको हो । २ वटा अक्सिजन प्लान्ट शुरु भएको अस्पतालमा थप जडानको प्रक्रियामा रहेको डा. ढकालले बताए । यसैगरि १० बेडको पेईन्ग वार्ड बिस्तार गरि २२ बढाउने तयारी भैरहेको पनि उनले बताए।

कार्यक्रममा सरकारले बनाएको कार्यबिधि अनुसार पेईङ वार्डबाट भएको आयबाट प्राप्त नियमानुसारको प्रोत्साहन भत्ता सो वार्डमा खटिएका चिकित्सक तथा स्वास्थ्य कर्मचारीलाई उपलब्ध गराईएको थियो ।

शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री थारुले अस्पतालका पुराना संरचनाहरुलाई नै प्रयोग गरेर गुणस्तरिय सेवा दिन सकेकोमा अस्पतालका मेसु र विकास समितिका अध्यक्षको प्रशंसा गरे । उनले प्रदेशमा दक्ष जनशक्तिको चरम अभाव भएको उल्लेख गर्दै प्रदेश लोकसेवा मार्फत परिपुर्ति गर्ने प्रउास समेत सफल नभएको बताए । संघ र प्रदेशका बीच नितीगत समस्या रहेकाले समयमा पदपुर्ति गर्न नसकिएको मन्त्री थारुको भनाई छ ।

मेसु ढकालले कर्णाली स्वस्थ्य प्रतिष्ठानको सहकार्यमा शिक्षण कार्यलाई जोड दिइएको, क्यासलेस काउन्टरको अवधारणामा अगाडी बढेको, पेपर लेस डिष्चार्ज अगाडि बढाईएको, एक वर्षदेखि रोकिएको आमासुरक्षा भत्ता दिईएको जानकारी दिए । गत वर्ष देखिनै रोकिएको कोभिड भत्ताका सम्बन्धमा पनि मन्त्रालयबाट पत्र प्राप्त भएकाले अब थप प्रक्रिया अघि बढेको उनले बताए।

एमआरआई र क्याथ ल्याबको सेवा अघि बढाउन टेन्डर प्रक्रिया अघि बढेको डा. ढकालले बताए। यसैगरि क्यान्सर बिरामीहरुलाई लक्षित गरि म्यामोग्राम सेवा तथा बर्न वार्डको समेत सेवा दिने तयारीमा रहेको उनले जनाए ।

डा ढकालका अनुसार मंसिर १५ बाट सुरु भएको पेइङ सेवाबाट १४ दिनमा १८ लाख बराबरको कारोबार गरेको छ । यसैअवधिमा ५४ वटा मेजर अपरेसन गरिएको, ५ वटा मेजर गाईनो, अर्थोमा १७ सर्जरी, युरोलोजीमा १ सर्जरी गरिएको छ । १४ दिनमा ईएनटी ११ जना तथा डेन्टलमा २६ जनाले सेवा लिएका छन ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ५ : ३५ बजे

अमेरिकी शान्ति वार्तामा सामेल हुने विषयमा अझै कुनै निर्णय भएको छैन : इरान

रासस/एएफपी । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ

पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही

गुल्मीमा सांसदसँग अन्तरक्रिया

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका