२ पुस २०८२, बुधबार | December 17, 2025

इन्टरलाई शीर्ष स्थानमा चार अंकको अग्रता



काठमाडौं । टोरिनोलाई १-० अन्तरले पराजित गर्दै इन्टर मिलानाले इटालीयन सिरी ए मा शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ ।

बुधबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा ३० औँ मिनेटमा डेनजल डम्फ्रिजले गरेको गोलनै इन्टरको लागि तीन अंक पर्याप्त बन्यो ।

राति नै भएको अन्य खेलमा एसि मिलानले इम्पोलीलाई ४-२ अन्तरले पराजित गर्दै दोस्रो स्थानमा रह्यो । नेपोली भने स्पेजियासँग १-० ले स्तब्ध बन्यो ।

घरेलु मैदानमा रोमा साम्पडोरियासँग १-१ को बराबरीमा रोकिँदा हेलास भेरोना र फ्लोरेन्टिनाले समेत सोहि नतिजा निकाले ।

लाजियोले १० खेलाडीमा सिमित भेनेजियालाई ३-१ ले पराजित गर्दा बोलोग्नाले सासुओलोलाई ३-० ले पराजित गरेको छ ।

जितसँगै इन्टर १९ खेलबाट ४६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको एसि मिलान ४२ अंकसहित दोस्रो स्थानमा छ भने ३९ अंकको नेपोली तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ७ : ३९ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको