३ पुस २०८२, बिहिबार | December 18, 2025

आजको मौसम : सामान्य बदलीसंगै मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । अहिले देशभर पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु-भाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको सुदुरपश्चिमका भू-भागमा सामान्य बदली र बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पश्चिमी भू-भागका केही स्थानहरूमा र मध्य एवं पूर्वी भू–भागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

आज राती देशभर सामान्य बदली रहने छ । देशको मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा र पश्चिमी भू-भागका एक, दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ७ : ४८ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन