२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई उपस्थित हुन पत्राचार



काठमाडौं । कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालि (उद्योग)लाई छलफलका लागि उपस्थित हुन आज पत्राचार गरिएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड शाखा कार्यालय बालाजुले कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिले  सम्झौताविपरीत गतिविधि गरेको भन्दै छलफलका लागि उपस्थिति हुन आह्वान गरेको हो ।

शाखा कार्यालय बालाजुले पठाएको पत्रमा उद्योगले सम्झौता मुताविक विभिन्न शर्त पालना नभएको भन्दै तत्काल दुई पक्षबीच सहमति गर्न छलफलका लागि आग्रह गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपश्चात् औद्योगिक क्षेत्रभित्र सञ्चालनमा आएका उद्योगी तथा विभिन्न कम्पनीबीच सम्झौता कार्यान्वयनमा ल्याउन थालनी भएको छ ।

औद्योगिक परिसरमा सञ्चालित उद्योगी तथा कम्पनीलाई सम्झौताको नियम पालन गर्न र गराउन मन्त्री यादवले तत्निकायलाई कडा निर्देशन दिएकी छिन् ।

यसैबीच, उद्योगका प्रतिनिधिले कार्यालयको पत्र बुझ्न नमानेपछि उक्त पत्र उद्योग तथा कम्पनीका ढोकामा टाँस गरी मुचुल्कासमेत गरिएको छ । कार्यालयका अनुसार सम्झौतामा गाडी मर्मत तथा सर्भिसिङसम्बन्धी उद्योग सञ्चालन गर्न जग्गा उपलब्ध गराइएको भए पनि सम्झौताको उद्देश्यविपरीत गतिविधि भएको थियो ।

उद्योगको दर्ता प्रमाणपत्रमा समेत सवारीसाधनको मर्मत तथा सर्भिसिङ गर्ने उद्देश्य उल्लेख भए पनि सोहीअनुसार कार्य नभएको कार्यालयको पत्रमा उल्लेख छ । यसअघि कार्यालयले सम्झौताको शर्तअनुसार काम गर्न समयसीमासहित निर्देशन दिएको थियो । तोकिएको समयभित्र सम्झौताअनुसार काम नभए सम्झौता रद्द गर्ने चेतावनीसमेत पत्रमा उल्लेख छ ।

कार्यालयले उद्योगलाई उपलब्ध गराउँदै आएको विद्युत् तथा पानीको सेवा विच्छेद गरेको थियो । सेवा विच्छेदका कारण उत्पादन बन्द भएको भन्दै उद्योगले असहमति जनाए पनि सम्झौतामा क्षेत्र र उद्योगबीच विवाद उत्पन्न भए आपसी छलफलबाट समाधान गर्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।

पत्र बुझ्न नमानेपछि उद्योगको ढोकामा पत्र टाँस गरी मुचुल्का गरिएको घटनाले भने अब औद्योगिक क्षेत्र व्यवस्थापन सम्झौता कार्यान्वयनमा थप कडाइका साथ अघि बढ्ने सङ्केत मिलेको बताइन्छ ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार  ११ : ५१ बजे

दुई क्यान्सर अस्पतालबीच संस्थागत सहकार्यको सम्झौता

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामापछि सुदूरपश्चिममा नयाँ सरकार गठनको आह्वान

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको

पत्रकार किशोर श्रेष्ठलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई थप तीन दिन

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु