२ पुस २०८२, बुधबार | December 17, 2025

उपचारका लागि अस्पताल पुर्‍याइएका कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार, डिएसपीको कमाण्डमा खोजी



दाङ । दाङमा रहेको घोराही कारागारका कैदी भागेपछि डिएसपीको कमाण्डमा प्रहरी परिचालन गरिएको छ । कारागारबाट उपचारका लागि अस्पताल लगिएका राजपुर गाउँपालिका ३ घर भएका २९ वर्षीय यमराज परियार बिहीबार दिउँसो प्रहरीकै मोटरसाइकल लिएर फरार भएका थिए ।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका परियारलाई कारागारका कैदीबन्दी नाइके पनि हुन् ।

छालाको उपचार गर्न राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा लगिएको भनिएका परियार त्यहीँबाट भागेको प्रहरीको भनाइ छ । उनी आफूलाई अस्पताल पुर्‍याइएको प्रहरीकै मोटरसाइकल लिएर भागेका हुन् ।

प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प ४१० नम्बरको १५० सिसिको निलो कालो पल्सर मोटरसाइकलसहित परियारलाई उपचार गर्न लगिएको थियो । तर, उनी मोटरसाइकलसहित भागेपछि डिएसपी मुकुन्दप्रसाद रिजालको कमाण्डमा प्रहरी परिचालन भएको प्रहरी प्रमुख, एसपी सुरेश काफ्लेले जानकारी दिए ।

घटनाबारे प्रहरी जवान चौधरीले दिउँसो ४ बजे मात्रै जानकारी दिनु र चौधरीको मोटरसाइकल कैदीले लिएर जानुमा मिलेमतो हुनसक्ने प्रहरीको आँकलन छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : २७ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन