६ श्रावण २०८३, बुधबार | July 22, 2026

‘आरआरआर’मा आलियालाई अभिनेताभन्दा सर्वाधिक कम पारिश्रमिक



काठमाडौं । फिल्म ‘बाहुबली’ पछि निर्देशक एसएस राजामौली ‘आरआरआर’ लिएर दर्शकमाझ आउदैछन् । यो दर्शकका लागि सन् २०२२ को ठूलो उपहार हुनेछ । आगामी जनवरी ७ मा रिलिज हुने फिल्ममा राम चरण, जुनियर एनटीआर, अजय देवगन, आलिया भट्टजस्ता स्टारको अभिनय छ ।

मेगा बजेटको भनिएको यो फिल्ममा अभिनेत्री आलियाको पारिश्रमिक प्रमुख तीन अभिनेताको भन्दा अत्यन्तै कम छ । फिल्म स्रोतका अनुसार यो फिल्मका लागि आलियाले जम्मा ९ करोड मात्र पारिश्रमिक बुझेकी छन् ।

फिल्ममा रामचरणले अल्लुरी सीताराम राजूको भूमिकामा अभिनय गरेका छन् । यो फिल्मबाट उनले ४५ करोड पारिश्रमिक बुझेका छन ।

अर्का प्रमुख कलाकार जुनियर एनटीआरले फिल्ममा कोमाराम भीको भूमिका निर्वाह गरेका छन् । उनले पनि रामचरणकै अर्थात् ४५ करोड नै पारिश्रमिक लिएका छन् ।

अभिनेता अजयले फिल्मबाट २५ करोड पारिश्रमिक लिएका छन् । निर्माता तथा निर्देशक राजामौलीले फिल्मको नाफा शेयरको ३० प्रतिशत हिस्सा लिनेछन् । एजेन्सी

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ९ : २० बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको