२० मंसिर २०८२, शनिबार | December 6, 2025

‘आरआरआर’मा आलियालाई अभिनेताभन्दा सर्वाधिक कम पारिश्रमिक



काठमाडौं । फिल्म ‘बाहुबली’ पछि निर्देशक एसएस राजामौली ‘आरआरआर’ लिएर दर्शकमाझ आउदैछन् । यो दर्शकका लागि सन् २०२२ को ठूलो उपहार हुनेछ । आगामी जनवरी ७ मा रिलिज हुने फिल्ममा राम चरण, जुनियर एनटीआर, अजय देवगन, आलिया भट्टजस्ता स्टारको अभिनय छ ।

मेगा बजेटको भनिएको यो फिल्ममा अभिनेत्री आलियाको पारिश्रमिक प्रमुख तीन अभिनेताको भन्दा अत्यन्तै कम छ । फिल्म स्रोतका अनुसार यो फिल्मका लागि आलियाले जम्मा ९ करोड मात्र पारिश्रमिक बुझेकी छन् ।

फिल्ममा रामचरणले अल्लुरी सीताराम राजूको भूमिकामा अभिनय गरेका छन् । यो फिल्मबाट उनले ४५ करोड पारिश्रमिक बुझेका छन ।

अर्का प्रमुख कलाकार जुनियर एनटीआरले फिल्ममा कोमाराम भीको भूमिका निर्वाह गरेका छन् । उनले पनि रामचरणकै अर्थात् ४५ करोड नै पारिश्रमिक लिएका छन् ।

अभिनेता अजयले फिल्मबाट २५ करोड पारिश्रमिक लिएका छन् । निर्माता तथा निर्देशक राजामौलीले फिल्मको नाफा शेयरको ३० प्रतिशत हिस्सा लिनेछन् । एजेन्सी

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ९ : २० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय