३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपाल छिर्न खोज्ने भारतीयहरुबाट बारामा सशस्त्र प्रहरीको चेकपोष्ट तोडफोड प्रयास



बारा । झापास्थित नेपाल भारत सीमा नाकास्थित नेपाली भूमिमा भारतीयहरुबाट सशस्त्र प्रहरीमाथि आक्रमण प्रयासको एक साता नवित्दै बारामा फेरि आक्रमणको प्रयास भएको छ ।

बाराको कबहीगोठमा नेपाल छिर्न खोजेका भारतीय नागरिकले सशस्त्र प्रहरीको चेकपोस्ट तोडफोड गर्न खोजेका छ्न । भारतीयहरुलाई भगाउन सशस्त्र प्रहरीले हवाई फायर गरेको छ।

बिहीबार भारतबाट गाडीमा आएका भारतीयलाई सशस्त्रले नेपाल प्रवेश गर्न रोकेपछि उनीहरुले उनीहरुले सीमानामा रहेको चेकपोस्टमा ढुंगामुढा गरेका थिए । ढुंगामुढा गर्नेलाई नियन्त्रणमा लिन हवाई फायर समेत गर्नुपरेको बाराका सशस्त्र प्रहरी प्रमुख एसपी दिगविजय सुवेदीले जानकारी दिनुभयो ।

‘चेकपोस्टमै आक्रमण गर्न थाले, स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको एसपी सुवेदीले बताउनुभयो ।

भारतीय नागरिकको ज्यादतीबारे सशस्त्र प्रहरीले भारतीय सीमा सुरक्षा बल एसएसबीलाई जानकारी गराएपछि एसएसबीले उनीहरुलाई सम्झाउन प्रयत्न गरेको थियो । त्यस क्षेत्रमा अहिले पनि तनाब कायमै छ ।

भारतीयहरुले नेपाली भूमिभित्रै पसेर सुरक्षाकर्मीको चेकपोष्ट तोडफोडको प्रयास गरेपछि प्रतिकारमा नेपाली नागरिकहरु पनि घटनास्थल पुगेका थिए । तर, सुरक्षाकर्मीले नेपाली नागरिकलाई उत्तेजित नबन्न सम्झाईबुझाई गरेका छन् ।

सरकाले भारतबाट जोसुकैलाई पनि नेपाल प्रवेश गर्न निषेध गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ३ : २३ बजे

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको