२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

माओवादी महासचिवमा कसले मार्ला बाजी ?



काठमाडौं । नेकपा मा‌ओवादी केन्द्रको ८ औं महाधिवेशन चलिरहेको छ । काठमाडौंमा जारी महाधिवेशनमा सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलका लागि मंगलबार दिनभरको समय तय गरिएको थियो । २५ समूहमा विभाजित भएका प्रतिनिधिले प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि बहस गरेका छन् । अब टोली नेताले आफ्नो समूहमा प्राप्त सुझावलाई भोलि मध्याह्न १२ बजेपछि प्रस्तुत गर्ने छन् र त्यसको निचोडको आधारमा प्रतिवेदनलाई परिमार्जन गर्दै पास गरिने छ ।

प्रतिवेदनको काम सकिएपछि अब अर्को महत्वपूर्ण विषयमा बन्दसत्र प्रवेश गर्छ । यसैपटकदेखि बहुपदीय अवधारणामा गएको माओवादी केन्द्रले १५ जना पदाधिकारी चयन गर्नु पर्नेछ छ भने केन्द्रीय समिति चयन गर्नुपर्नेछ ।

माओवादीको २९९ सदस्यीय केन्द्रीय समितिमा १५ प्रतिशत दलित, ३५ प्रतिशत महिला, ५ प्रतिशत मुस्लिम समुदाय, २० प्रतिशत ४० वर्ष मुनिका युवाहरु समावेश गर्ने भनिएको छ । त्यसको क्लस्टर अनुसार प्रतिनिधित्व हुने गरी अध्ययन गर्न देव गुरुङको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।

माओवादीको शीर्ष नतृत्वले पूराना वा संसदवादी दलहरुजस्तो आफूहरुमा पदको भागवण्डा नहुने र त्यसका लागि नकुद्ने औपचारिक रुपमा बताउँदै आएका छन् तर आन्तरिक रुपमा भने पदाधिकारी र केन्द्रीय नेतृत्वमा पुग्न लविङ गरिरहेका छन् ।

सबैभन्दा पेचिलो बन्दै महासचिव चयन

वामपन्थी पार्टीमा बहुपदीय प्रणाली हुँदा पनि महासचिवलाई शक्तिशाली मानिन्छ र आगामी समयका लागि पार्टी नेतृत्वको एक खालको उत्तराधिकारी । त्यसैले माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले कसलाई आफ्नो उत्तराधिकारी बनाउँछन् भन्ने विषय पनि महत्वपूर्ण रहेको छ ।

तीन दशकदेखि पार्टी नेतृत्वमा रहिरहेको भन्दै प्रचण्डको आलोचना भइरहँदा उनले अब पाँच वर्षपछि हुने महाधिवेशनमा फेरि दाबी नगर्न सक्ने सम्भावना पनि बलियो रहेको तर्क गरिएको छ । हुन त प्रचण्डले नै यसपछि आफूले नेतृत्व हस्तान्तरण गर्ने खालको अभिव्यक्ति दिइसकेकाले महासचिव को हुने भन्ने विषय नेता कार्यकर्तामाझ जति चासोको विषय बनेको छ त्यो भन्दा धरै पेचिलो प्रचण्डलाई रहेको छ ।

आफ्ना दुई खास सहयोगी र विश्वासपात्र जनार्दश शर्मा र वर्षमान पुन मध्ये कसलाई वा त्यसबाहेक पम्फा भुसाल वा अन्य कसैलाई भन्ने निर्णय प्रचण्डले गर्नु पर्ने भएको छ ।

दुबैलाई मिलाएर लैजाने चुनौतीको व्यवस्थापन प्रचण्डले कसरी गर्लान् भन्ने चासो व्याप्त रहँदा पुनले चीनबाटै प्रचण्डमाथि दबाब बढाएका छन् । उपचारका क्रममा रहेर महाधिवेशनमा सहभागी हुन नपाएका पुनले चीनका शक्तिशाली नेतालाई भेटेर प्रचण्डमाथि दबाब बढाएको कतिपयले अनुमान गरेका छन् ।

यता जनार्दन प्रचण्डमाथि दबाब दिन सक्ने क्षमता राख्छन् । महासचिवमा कुरा मिलेन भने चुनावमै जानु पर्नेमा उनको जोड रहेको स्रोतको दाबी छ ।

प्रचण्डको चाहना हेटौंडा मोडल

तर, अध्यक्ष प्रचण्डले भने जारी महाधिवेशनबाट आफू अध्यक्ष र अन्य केन्द्रीय सदस्यमात्र चयन गर्ने तयारी गरेका छन् ।

पछि केन्द्रीय समितिबाट पोलिटव्युरो र स्थायी कमिटी र पदाधिकारी तोक्ने तयारी उनको छ ।

यसअघि हेटौंडामा सम्पन्न ७ औं महाधिवेशनमा पनि यस्तै गरिएको थियो ।

त्यसो गर्न सकिएको खण्डमा जनार्दनलाई मन्त्रीको जिम्मेवारी निरन्तर दिएर अन्यत्रै व्यवस्थापन गर्ने र पुनलाई महासचिवको जिम्मेवारी दिन सक्ने सम्भानाव रहेको पुन पक्षका नेताहरुको तर्क छ । तर जनार्दनलाई पनि टाढा पार्न प्रचण्डले चाहेका छैनन् । त्यसैले दुई मध्ये एक छान्नु भन्दा तेस्रो पक्षमा उनी जान सक्ने सम्भावना पनि बलियो रहेको माओवादीका एक स्थायी समिति सदस्यले बताए ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ११ : ११ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार