१३ श्रावण २०८३, बुधबार | July 29, 2026

वनभोज स्थलको रूपमा गुराँस र ढुंगाको बगैँचाले पर्यटक तान्दै



तेह्रथुम । गुराँसे वनको काख, चारैतिर पहाडले घेरिएको सुन्दर मैदान । विभिन्न आकृति कुँदिएका ढुंगाहरू । चिरविर चरीको अवाजसँगै मोहित हुन्छन् पर्यटकहरू । तराई विभिन्न गाउँ तथा सहरबाट रमाउन पुग्छन् पर्यटक । पूर्वी नेपालमा एक परिचित पर्यटकीय स्थल हो, तिनजुरे । यही तिनजुरेको फेदीमा रहेको आरआर गार्डेन (गुराँस र ढुंगाको बगैचा) यतिबेला वनभोजको लागि पर्यटकहरूको गन्तव्य स्थल बनेको छ ।

तेह्रथुमको लालिगुराँस नगरपालिकाको बसन्तपुर बजार नजिकै रहेको यो गार्डेनमा पछिल्लो समय वनभोजकै लागि आउने पर्यटकहरूको संख्या बढ्दो छ । सिरसिर बताससँगै शान्त सुन्दर वातावरणमा रहेको छ यो स्थान । विशेष गरी शनिबार तथा सार्वजनिक बिदाको दिन पर्यटकहरूको चाप निकै बढी हुने गरेको छ ।

भौगोलिक वातारण तथा प्रकृतिको सुन्दरता बोकेको गुराँसे वनको काखमा वनभोजमा रमाउनुको मजै नै बेग्लै भएको मोरङबाट वनभोजका लागि आएका समीर सावादेनले बताए । उनी भन्छन्, ‘तराईको कृतिम पार्कहरू भन्दा प्राकृतिक सौदर्यतामा रमाउनुको आनन्द छुट्टै हुन्छ । त्यसैले आएका हौँ ।’ चारैतिर घेराबारासँगै गार्डेनको बीचमा पोखरी निमार्ण गरिएको छ ।

यहाँ आउने पर्यटकहरूलाई वनभोजका लागि सहज बनाउने खानेपानीको व्यवस्थासमेत गरिएको छ । बगैँचाको बीच बीचमा विश्रामस्थल बनाइएको छ ।
गार्डेनमा पुगेपछि मोहित बनेको पर्यटक साइन राईले बताए । साना तथा ठूला सवारीसाधानबाट सहजै रुपमा पुग्न सकिने यो गार्डेन गुराँस र ढुंगाको बगैँचाको रूपमा चिनिएको छ ।

पारिवारिक तथा सामूहिक भोज गर्नका लागि पर्यटकहरू यहाँ आउने गरेका छन् । हिउँदयाममा यहाँ दैनिक रूपमा पर्यटकहरू सयाँैको संख्यामा आउने गरेको होटल व्यवसायी श्री कार्कीले बताए ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १२ : ५४ बजे

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

गगन थापाको प्रश्न – ‘सुनसरीमा तनाव हुँदा सरकार कहाँ छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनापछि उत्पन्न

सर्वदलीय बैठकमा प्रचण्डले भने – राष्ट्रिय महत्त्वका विषयमा सरकार संवेदनशील भएन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीमा

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०