२४ बैशाख २०८१, सोमबार | May 6, 2024

वनभोज स्थलको रूपमा गुराँस र ढुंगाको बगैँचाले पर्यटक तान्दै



तेह्रथुम । गुराँसे वनको काख, चारैतिर पहाडले घेरिएको सुन्दर मैदान । विभिन्न आकृति कुँदिएका ढुंगाहरू । चिरविर चरीको अवाजसँगै मोहित हुन्छन् पर्यटकहरू । तराई विभिन्न गाउँ तथा सहरबाट रमाउन पुग्छन् पर्यटक । पूर्वी नेपालमा एक परिचित पर्यटकीय स्थल हो, तिनजुरे । यही तिनजुरेको फेदीमा रहेको आरआर गार्डेन (गुराँस र ढुंगाको बगैचा) यतिबेला वनभोजको लागि पर्यटकहरूको गन्तव्य स्थल बनेको छ ।

तेह्रथुमको लालिगुराँस नगरपालिकाको बसन्तपुर बजार नजिकै रहेको यो गार्डेनमा पछिल्लो समय वनभोजकै लागि आउने पर्यटकहरूको संख्या बढ्दो छ । सिरसिर बताससँगै शान्त सुन्दर वातावरणमा रहेको छ यो स्थान । विशेष गरी शनिबार तथा सार्वजनिक बिदाको दिन पर्यटकहरूको चाप निकै बढी हुने गरेको छ ।

भौगोलिक वातारण तथा प्रकृतिको सुन्दरता बोकेको गुराँसे वनको काखमा वनभोजमा रमाउनुको मजै नै बेग्लै भएको मोरङबाट वनभोजका लागि आएका समीर सावादेनले बताए । उनी भन्छन्, ‘तराईको कृतिम पार्कहरू भन्दा प्राकृतिक सौदर्यतामा रमाउनुको आनन्द छुट्टै हुन्छ । त्यसैले आएका हौँ ।’ चारैतिर घेराबारासँगै गार्डेनको बीचमा पोखरी निमार्ण गरिएको छ ।

यहाँ आउने पर्यटकहरूलाई वनभोजका लागि सहज बनाउने खानेपानीको व्यवस्थासमेत गरिएको छ । बगैँचाको बीच बीचमा विश्रामस्थल बनाइएको छ ।
गार्डेनमा पुगेपछि मोहित बनेको पर्यटक साइन राईले बताए । साना तथा ठूला सवारीसाधानबाट सहजै रुपमा पुग्न सकिने यो गार्डेन गुराँस र ढुंगाको बगैँचाको रूपमा चिनिएको छ ।

पारिवारिक तथा सामूहिक भोज गर्नका लागि पर्यटकहरू यहाँ आउने गरेका छन् । हिउँदयाममा यहाँ दैनिक रूपमा पर्यटकहरू सयाँैको संख्यामा आउने गरेको होटल व्यवसायी श्री कार्कीले बताए ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १२ : ५४ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र