३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बङ्गुरपालनमा रमाउँदैः मनग्य कमाउँदै



तनहुँ । व्यास नगरपालिका-५ चापाघाटको सिर्दीस्थित बङ्गुर फार्ममा अहिले ४० बङ्गुर छन् । योसँगै फार्म सुङ्गुर र बँदेल गरी पाँच छन् ।

तनहुँका झलकबहादुर आलेको सो फार्ममा अहिले रु १५ लाख मूल्य बराबरका बङ्गुर, सुगुर रहेका छन् । व्यास नगरपालिका-५ चापाघाटस्थित सिर्दीमा रु २२ लाखमा दश रोपनी जग्गा किनेर बङ्गुरपालन व्यवसाय सुरु गरेका आलेले मासु र पाठापाठी बेचेर दैनिक रु ४० हजारदेखि एक लाख लाखसम्मको कारोबार गर्छन । ‘फार्म’मा लगानी बढेर अहिले करिब एक करोड पुगेको अनुमान उनको छ ।

ऋषिङ गाउँपालिका-५ राम्जाकोटबाट विसं २०६० मा दमौली झर्नुभएका आलेले सुरुमा मासु व्यवसाय गरे । विसं २०७० मा मासु व्यवसायसँगै उनले बङ्गुरपालन सुरु गरे । ‘फार्म’मा आलेको परिवारबाहेक अन्य दुई जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । उनले निर्माण गरेका नौ वटा खोरमा बङ्गुर ४०, सुङ्गुर र बँदेल पाँच गरी कूल ४५ वटा रहेका छन् । उनले दमौलीमै मासु पसल लाइनमा तीन वटा मासु पसल खोल्नुभएका छ । बङ्गुर काटेर आफू र अन्य मासु व्यवसायीलाईसमेत होलसेलमा बिक्री गर्दै आएका छन ।

मासु पसल र बङ्गुरपालन व्यवसायबाट आलेले व्यास-३ देउराली नगरमा तीन तले पक्की घर निर्माण गरेका छन । बङ्गुर र राँगो पाल्नका लागि दुईजना कर्मचारीको व्यवस्थापन गरिएको र उनीहरुलाई खाना बस्न दिएर मासिक रु बीस हजार तलब दिइरहेको आलेले बताए । “एक महिना पुगेका पाठापाठीलाई पाँच हजार पर्छ, मासुको बजार मूल्य भने अहिले प्रतिकेजी रु ४०० छ”, उनले भने । एउटै बङ्गुरले १७ वटासम्म पाठापाठी जन्माउँदछन् । थोरैमा पनि पाँच/छ वटा जन्मन्छन् । एकसाथ धेरै माउ ब्याउँदा खोर भरिभराउ हुन्छ । तीन महिना २१ दिनमा बङ्गुर ब्याउँछ । मासु भन्दा पाठापाठी बेच्दा बढी फाइदा उठने गरेको उनको भनाइ छ ।

“मासिक त्यस्तै १२/१५ लाखसम्म आम्दानी हुन्छ”, उनले भने, “अहिलेसम्म सबै लगानीमै गएको छ, खर्च पनि उस्तै छ ।” लगानी थप्दै गएपछि पछि मुनाफा बढ्ने उनको विश्वास छ । अहिले भएको खोर अपुग देखिएकाले थप्ने योजना छ । बङ्गुरको दाना, कामदार व्यवस्थापन र ढुवानीमा बढी खर्च छ । ठूलो लगानीमा बङ्गुरपालन सुरु गरे पनि सरकारी क्षेत्रबाट कुनै सहयोग नपाएको उनको गुनासो छ ।

उक्त क्षेत्रमा रहेका ३६ वटा मासु व्यवसायीमध्ये बङ्गुरपालन गरी बङ्गुरको धेरै मासु बिक्री गर्ने आले नै हुन । अधिकांश मासु पसलमा उनले नै बङ्गुर, सङ्गुरको मासु पठाउने गरेको छ । उनका अनुसार बँदेलको मासु प्रतिकिलो रु ६००, सुङगुर रु पाँच सय र बङ्गुर÷राँगो रु चार सयमा बिक्री गर्ने गरेको उहाँकी श्रीमती कृष्णमायाले बताए ।

“मासु पसलमा तीनजना जनशक्ति राखेर ग्राहकलाई सेवा प्रदान गर्दै आएका छौं”, उनले भने, “कोभिडको समयमा मासुको व्यापार कमी भए पनि अहिले पुरानै अनुपातमा मासु बिक्री हुन थालेको छ ।” पछिल्लो समय मासु र पाठापाठीको माग बढेपछि बङ्गुरपालन व्यवसाय फस्टाएको छ । राम्रो कमाइका लागि किसान बङ्गुरपालनमा आकर्षित छन् । कम समयमै राम्रो प्रतिफल आउने हुँदा बङ्गुरपालन बढेको जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ६ : ०९ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन