२ पुस २०८२, बुधबार | December 17, 2025

एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप बिजेता खेलाडीलाई मन्त्री अथकद्धारा विमानस्थलमा भव्य स्वागत



काठमाडौं । एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको बिजेता नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । बिहिबार बिहान स्वदेश फर्किएका नेपाली खेलाडीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरीएको छ ।

टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बिमानस्थल पुगेरै स्वागत गरेका हुन् । खेलाडीहरुको हौसला बढाउन बिमानस्थल पुगेका मन्त्री अथकले खेलाडीहरुलाई फुलगुच्छाले स्वागत गर्दै बधाई दिएका छन् । त्यसक्रममा अपराजीत खेलाडीहरुलाई बाजा बजायर स्वागत गरिएको थियो ।

६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा उज्वेकिस्तानलाई फाइनलमा ३–२ ले पारजित गर्दै नेपाली महिला टिमले उपाधि रक्षा गरेको थियो । साविकको बिजेता महिला टिमले आफ्नो उपाधि रक्षा गर्दा पुरुष टिम भने चौथो स्थानमा रोकिन पुगेको थियो । प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली बिहीबार स्वदेश फर्किएको हो ।

खेलाडीहरुलाई स्वागत गर्दै मन्त्री अथकले नेपाली टिमको जितले गौरबको अनुभुती भएको बताए । देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई स्वागत गर्ने अबसर प्राप्त भएको भन्दै मन्त्री अथकले खुसी ब्यक्त गरे । महिला टिमले उपाधि रक्षा गरेको खबर प्राप्त भएलगत्तै बुधबार बसेको मन्त्रीपरिषदको बैठकले बिजेता खेलाडीहरुलाई जनही ५ लाखको दरले पुरस्कृत गर्ने निर्णय गरेको बताउँदै मन्त्री अथकले आगामी दिनमा थप जिम्मेवार र लगनशिल भएर खेल्न खेलाडीहरुलाई आग्रह गरे ।

राष्ट्रिय खेलका रुपमा रहेको भलिबललाई ब्यवस्थित रुपमा विकास गर्दै लैजानुपर्ने धारणा राख्दै मन्त्री अथकले भलिबलकालागि छुट्टै कवर्डहल निर्माणका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । “राष्ट्रिय खेलका रुपमा रहेको भलिबलको अहिलेसम्म एउटा पनि भौतिक संरचना नहुनु दुखद हो” मन्त्री अथकले भने, “ढुक्क हुनुहोस, अब भलिबलको आफ्नै कबर्डहल हुनेछ ।”

स्वागत पछि बोल्दै नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले बिजेता खेलाडीहरुलाई नगद राशीले सम्मान गर्ने सरकारको निर्णयले थप हौसला बढाएको बताइन् । “तपाईहरुले हाम्रो हौसला बढाईदिनुभएको छ । जुन सफलता हासिल गरेका छौँ, अझै हामीले जिम्मेवारी थपिएको महशुस गरेका छौँ । आगामी दिनमा अझै राम्रो गर्ने बाचा गर्न चाहन्छु”, अरुणाले भनिन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहिबार  ४ : ५६ बजे

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ