१३ श्रावण २०८३, बुधबार | July 29, 2026

हिमपात र बाक्लो कुहिरोले कर्णालीमा सबै उडान अवरुद्ध



सुर्खेत । कर्णालीका हिमाली जिल्लामा हिमपात र तराईका जिल्लाका बाक्लो हुस्सु र कुहिरोका कारण हवाई सेवा अवरुद्ध भएको छ । कर्णालीका हिमाली जिल्लामा बाक्लो हिमपात, सुर्खेत र नेपालगञ्जमा हुस्सु कुहिरो लागेकाले हवाई सेवा अवरुद्ध भएको हो ।

कर्णालीका हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल, मुगुको ताल्चा विमानस्थल र हुम्ला सिमकोट विमानस्थलमा बाक्लो हिमपात परेको छ । सुर्खेत विमानस्थल र नेपालगञ्ज विमानस्थलमा हुस्सु र कुहिरोका कारणले भिजिविलिटी कम रहेकाले हवाई उडान सेवा अवरुद्ध भएको हो ।

डोल्पा र हुम्लामा यातायातको एक मात्र विकल्प हवाई सेवा बन्द भएपछि जरुरी कामका लागि बाहिर जाने डोल्पा र हुम्ला आउने अलपत्र परेका छन् । मुगुमा सडक सञ्जालले छोएको भए पनि नाग्म(गमगढी सडक क्षेत्रको घुच्चीलेकलगायतका क्षेत्रमा बाग्लो हिमपात भएका कारणले यातायात सेवा अवरुद्ध बनेको हो ।

हवाई उडान नहुँदा हुम्लाको सिमकोट, मुगुको ताल्चा, डोल्पाको जुफाल विमानस्थलबाट काठमाडौं, सुर्खेत, नेपालगन्जलगायत सहरमा जाने यात्रु विमानस्थलमै अलपत्र परेका छन् । भिजिबिलिटी कम भएकाले सुर्खेत विमानस्थलबाट उडान भर्ने र अवतरण गर्ने दुवै उडान बन्द भएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ११ : ११ बजे

आविस्कार केन्द्रबाट मरमतपछि खजुरा क्यान्सर अस्पतालको उपकरणहरु संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको

घण्टीघरमा रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार पार्टी

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र

‘Tribute to Gen Z Heroes’ थिमसहित साउन १६ मा काठमाडौं युथ कन्क्लेभ हुँदै

काठमाडौ । विगत ६ वर्षदेखि युवाको नेतृत्व, प्रेरणा र नागरिक