१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बेमौसमी वर्षाले चकनाचुर पारेको किसानको सपना



बुटवल । वुधवार दिनभरी परेको वर्षाका कारण देशैभरीका किसानहरुले गरेको लाखौं मुल्यको तरकारी खेती नष्ट भएको छ । झण्डै २ दिन परेको झरीले कृषि उत्पादनबाट जीवन गुजारा गर्ने कृषकलाई ठुलो असर पारेको छ । बमौसममा परेको दुई दीनेझरीले भर्रखर लगाएका आलु ,मुला ,गाजार ,लसुन टमाटर तरकारी खेती तोरी लगायत सबै बालीनालीमा गम्भीर असर पारेपछि किसानहरु चिन्तित बनेका छन् ।

यसैपनि यसवर्ष अधिक वर्षका कारण असोज कार्तिकमा भित्राईने नगदे तरकारी बाली नष्ट भएका कारण तरकारीको मुल्य आकाशीएको थियो । मध्य हिँउदको वेमौसमी वर्षाका कारण यस वर्ष दैनीक उपभोग्य तरकारीको मुल्य अझै बढ्ने निश्चित भएको छ ।

नवलपरासीको सुनौलोगाँउकी डोलसरी गिरीलाई बारीमा लगाएको तरकारी पानीले चुर्लुम्म डुबाएपछि ठुलो चिन्ता परेको छ । तरकारी बेचेर जाडोको कपडा जोहो गर्ने योजना बनाएकी गिरीको लौका बोटबाटै बटिला झरेका छन् भने काउली र मुलाको बेर्ना पानीमा डुबेर सडेको छ । ‘तरकारी बेचेर यसवर्ष सबैलाई जाडोको कपडा किन्ने योजना बनाएकी थिएँ, खत्तम भयो,’ टाउको समाएर खेतको आलीमा झोक्राएर बसीरहेकी गिरीले भनिन्, -‘यो पानीले तोरी सबै सुताइदियो आलु पनि सबै कुहिने त होला ?’

नवलपरासी वर्दघाट सुनौलो नगरकी सीताको दुई दिनको हिउदे वर्षाले भर्खर उमारेको तरकारी टमाटर प्याजको विरुवा थिचेर असर पारेको छ । बारीमा लगाएर जरा गाड्नै लागेको बेर्नामा पानीले पुरिएपछि सीताको बेर्ना ब्युँतिने आसा मरेको छ । तरकारी वारी देखाउदै सीताले भनिन् ‘हेर्नु त सवै विरुवा पानीले थिचेर सुताएको छ, अव यो राम्रो होला त ?’

सीताले हिँउदको तरकारी बेचेर घर मरमत गर्ने योजना बनाएकी थिईन् । बेमौसमी वर्षले सीताको घर मरमत गर्ने सपना पनि सपना मै सिमित हुने भएको छ । ‘पानीपर्न त छाड्यो, अव हुस्सु लाग्ने होला ! यसवर्षको हिँदे तरकारी खेती नहुने नै भयो ।’ उनी भन्छिन् ।

नवलपरासी रुपन्देही कपिलवस्तु लगायत लुम्बिनी प्रदेश तराईका जिल्ला भरीनै बेमौसमी वर्षाले असर पारेको छ । तर पहाडी इलाकामा पर्ने जिल्लाहरु पाल्पा अर्घाखाची गुल्मीका किसानलाई भने अहिलेको वर्षाले राहत मिलेको छ । उम्रन लागेको वाली आलस मसुरो गहु लाई भने आकासे पानीले राहत दिएको किसानहरुले बताएका छन् ।

तराई क्षेत्रमा व्यवसायीक तरकारी खेती गरेका कृषकलाई आकाशे पानीले असर गरेको वताउदै नवलपरासी कृर्षि ज्ञान केन्द्रका सुचना अधिकारी दिनेश धितालले दुईदिने बर्षाले तोरी ,आलु , भर्खरै छरेको मुला ,टमाटर ,प्याजको विरुवा उमार्न छरेको व्याडलाई पानीले थिचेर असर गरेको बताए । ‘कृषकले तरकारी खेतीमा धेरै विषादी प्रयोग गर्नै हुनाले यो पानीले आलुमा डडुवा रोग लाग्न सक्छ,’ उनले भने, -‘अधिक पानी पर्दा कृषकलाई खेती गर्नेबारे सचेत पारिएको छ ।’

अहिलेको हिउदे वर्षाले तरकारी तथा तोरीलाई असर पारेको बारे सूचना नआएको उनले बताए । हिउदे बर्षाले पहाडी इलाकामा खासै असर पारेको छैन तराईका पानी जम्ने फाटहरु भर्खरैं लगाइएको तरकारी बाली असर पारेको उनले जनाए ।

कृषि विज्ञ राजेन्द्र यादवले अहिले को बर्षाले व्यवसायीक तरकारी खेती गरेका किसानलाई नकारात्मक असर पारेको बताए । ‘भर्खरै विरूवा उमार्दै गरेका किसानलाई असर पारेको छ,’ यादवले भने, -‘हिउदे वर्षाले तोरी आलुलाई र भर्खरै तरकारीको विउ छरेको माटोलाई पानीले थिचेर असर पार्छ।’

तराईका जिल्लामा लगभग सवैजसो जिल्लाका खेतीयोग्य जमीनमा सिचाईको सुविधा छ । सिचाई हुने खेतहरूमा गहु बाली , तोरी आालु सबैमा सिचाई गरीसकेका छन् । सिचाई भइसकेको खेलमा हिउदे वर्षाले असर पुर्‍याएको बाली विज्ञ यादव बताउछन् ।

 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : २१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले