२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

सभापति देउवाद्वारा रामचन्द्र पौडेलसहित १० जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार देउवाले रामचन्द्र पौडेलसहित हालैसम्पन्न महाधिवेशनमा उम्मेदवार भएर पराजित भएका र उम्मेदवार नै नबनेका नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन् ।

सभापतिको उम्मेदवार बनेर पराजित भएका प्रकाशमान सिंह र विमलेन्द्र निधि, महामन्त्रीको उम्मेदवार भएर पराजित भएका डा. प्रकाशसरण महत, उपसभापतिको उम्मेदवार भएर पराजित भएकी सुजाता कोइराला र विजयकुमार गच्छदार तथा केन्द्रीय सदस्यको उम्मेदवार भएर पराजित भएकी उमा रेग्मीलाई देउवाले मनोनित गरेका छन् ।

यस्तै उम्मेदवार नै नबनेका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. नारायण खड्का र मीन विश्वकर्मालाई पनि मनोनयन गरिएको छ ।

सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था कांग्रेस विधानले गरेका छ। अब देउबाले २३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने छन् ।

पहिलो पटकै मनोनित हुने चर्चामा रहेका महामन्त्रीमा पराजित प्रदीप पौडेल, सभापतिमा पराजित कल्याण गुरुङ र महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजाल भने मनोनित भएनन् ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ५ : १२ बजे

एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित

काठमाडौँ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा विभिन्न शिक्षालयमा

घरधनीले तिर्नुपर्ने घरबहाल कर जबरर्जस्ती ब्यवसायीबाट असुली गरिएको गुनासो

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले स्थानीय सरकारले व्यवसायीहरुमाथि अन्याय गरेको

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ । आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा