२० बैशाख २०८१, बिहिबार | May 2, 2024

सभापति देउवाद्वारा रामचन्द्र पौडेलसहित १० जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनित



काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार देउवाले रामचन्द्र पौडेलसहित हालैसम्पन्न महाधिवेशनमा उम्मेदवार भएर पराजित भएका र उम्मेदवार नै नबनेका नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन् ।

सभापतिको उम्मेदवार बनेर पराजित भएका प्रकाशमान सिंह र विमलेन्द्र निधि, महामन्त्रीको उम्मेदवार भएर पराजित भएका डा. प्रकाशसरण महत, उपसभापतिको उम्मेदवार भएर पराजित भएकी सुजाता कोइराला र विजयकुमार गच्छदार तथा केन्द्रीय सदस्यको उम्मेदवार भएर पराजित भएकी उमा रेग्मीलाई देउवाले मनोनित गरेका छन् ।

यस्तै उम्मेदवार नै नबनेका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा. नारायण खड्का र मीन विश्वकर्मालाई पनि मनोनयन गरिएको छ ।

सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था कांग्रेस विधानले गरेका छ। अब देउबाले २३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने छन् ।

पहिलो पटकै मनोनित हुने चर्चामा रहेका महामन्त्रीमा पराजित प्रदीप पौडेल, सभापतिमा पराजित कल्याण गुरुङ र महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजाल भने मनोनित भएनन् ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ५ : १२ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ