१४ चैत्र २०८२, शनिबार | March 29, 2026

सन् २०२२ को पहिलो दिन भारतीय पर्यटकले जनकपुरधाम भरिभराउ



जनकपुरधाम । अंग्रेजीको नयाँ साल सन् २०२२ को अवसरमा भारतीय पर्यटकहरूको जनकपुरधाममा घुइँचो लागेको छ ।

भारत विहार राज्यको विभिन्न जिल्लाबाट हजरौंको संख्यामा भारतीय पर्यटकहरू जनकपुरधाम आएका हुन् । नयाँ वर्षको अवसरमा विश्व प्रसिद्ध जानकी मन्दिरमा पूजापाठ गर्न तथा रमाइलो गर्न जनकपुरधाम आउने गरेका छन् ।

कोरोनाको कारण पछिल्लो दुई वर्षदेखि प्रभावित हुँदै आएको नयाँ वर्षमा यस पटक कोरोना संक्रमण साम्य रहेकोले पनि अन्य वर्षको तुलनामा उच्च संख्यामा भारतीय पर्यटकहरू जनकपुरधाम आएका हुन् ।

नयाँ वर्षको अवसरमा स्वदेशी पर्यटकको संख्या पनि सामान्य दिनभन्दा बढी नै रहेको छ । नयाँ वर्षका सुरुवातको धर्मकर्मले गरेको खण्डमा जीवनमा सुख, शान्ति संवृद्धि प्राप्त हुने जनविश्वास रहेकोले पनि सर्वसाधारणको श्रद्र्धालुभक्जनहरूले जनकपुरधाम आउने गरेको छ ।

जानकी मन्दिरका छोटा महन्त रामरोशन दासले अन्य वर्षको तुलनामा यस वर्ष भारतीय पर्यटकहरू उल्लेखनीय संख्यामा जनकपुरधाम जनकपुरधाम आएको बताए । धर्म संस्कृतिप्रति आस्था राख्नेहरु नयाँ वर्षको सुरुवात पनि धर्मकर्म बाटै सुरु गर्न रुचाउने गरेको भारतीय श्रद्र्धालुहरू जानकी जीको शरणमा आउने गरेको उनले बताए ।

भारतीय पर्यटकले जनकपुरका अधिकांश होटेल पनि भरिभराउ छन् । युवा उमेर समूहका बढी भारतीय युवाहरू जनकपुरमा आएका छन् ।

उनीहरूका कारण अहिले होटेल भरिभराउ भएको जनकपुरका होटेल व्यवसायीहरू बताउँछन् । भारतको विहार राज्य सरकारले रक्सी मदिराको विक्रिवितरण बन्द गरेकोले पनि धेरै जसो भारतीय युवा जनकपुरमा रमाइलो गर्न जनकपुर आउने गरेका छन् ।

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ९ : ३२ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको