२३ बैशाख २०८१, आइतबार | May 5, 2024

रुखमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु



सर्लाही । सर्लाही । सर्लाहीको ईश्वरपुरस्थित सागरनाथ जंगलका भएको मोटरसाइकल दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका–३, स्थित भक्तिपुर–वयलवास सडकखण्डको सागरनाथ जंगलमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा परेर ईश्वरपुर नगरपालिका–१० का अरुण सिंह, सोेही स्थानका श्रगम विश्वकर्मा र रोहन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

उनीहरू सवार बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको रुखमा ठोकिएको थियो । उनीहरु सडकबाट १० मिटर तल पुगेका थिए ।

प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीले जानकारी दिए ।

एकैगाउँका तीन जनाको मृत्युले गाउँ पुरै शोकमा डुबेको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  १२ : ४६ बजे

जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा