४ पुस २०८२, शुक्रबार | December 19, 2025

सावधान ! विश्वका तीन अर्ब जनसंख्याका लागि बज्दैछ खतराको घण्टी



एक नयाँ अध्ययनका अनुसार सन् २०७० सम्म तीन अर्ब भन्दा बढी मानिसको बसोबास त्यस्तो ठाउँमा हुनेछ, जहाँको तापक्रम सहन गर्न लायक हुनेछैन ।

त्यसबेलासम्म पनि ग्रिन हाउस ग्याँसको उत्सर्नमा कमि आउनेछैन । ठूलो संख्यामा मानिसहरुले यो महशुस गर्नेछन् कि औषत तापक्रम २९ डिग्री सेल्सियसभन्दा पनि धेरै हुनेछ ।

पर्यावरणको यो स्थिति त्यो ‘कम्फर्ट जोन ’ भन्दा बाहिर हुनेछ, जसको समिपमा विगत ६ हजार वर्षदेखि मानिस बाँच्दै आएको छ ।
अध्ययनका सहलेखक टिम लेन्टनले बीबीसीलाई भनेका छन्, ‘यो रिसर्च जलवायु परिवर्तनबाट मासिनलाई परिरहेको असरको प्रभावी देखिनेछ ।’ अनुसन्धानकर्ताले आफ्नो अध्ययनका लागि संयुक्त राष्ट्रसंघको जनसंख्या एवं विश्वव्यापी तापक्रम वृद्धिसम्बन्धी तथ्याङकको प्रयोग गरेका छन् ।

ग्लोबल वार्मिङका कारण
संयुक्त राष्ट्र संघको एक रिपोर्ट अनुसार पेरिस जलवायु सम्झौतामा काम गर्ने कोशिस भैरहेको छ तर विश्व अहिले नै तीन डिग्री सेल्सियस तापमान वृद्धितिर अघि बढिरहेको छ ।

अध्ययनका अनुसार मानिसको बसोबास छोटोटो जलवायु क्षेत्रमा सघन रुपमा भैरहेको छ । धेरै मानिसहरु त्यस्तो स्थानमा बसेका छन्, जहाँको औषत तापक्रम ११ देखि १५ डिग्री सेन्टिग्रेडका बीचा छ । यस्तै, बसोबासको सानो समुह त्यस्तो इलाकामा रहेको छ, जहाँको औषत तापक्रम २० देखि २५ डिगी्र सेल्सियसको बीच छ । यस्तो जलवायु परिस्थितिमा मानिसहरु हजारौं वर्षदेखि बसिरहेका छन् ।
यद्यपी, ग्लोबल वार्मिङका कारण यदि विश्वको औषत तापक्रम तीन डिग्री बढ्यो भने बसोबासको ठूलो हिस्सा यति धेरै गर्मीमा रहनुपर्नेछ जो ‘जलवायुको कन्र्फट जोन’ भन्दा बाहिर हुनेछ ।

यूनिवर्सिटी अफÞ एक्सटेरमा ग्लोबल सिस्टम इन्स्टिच्यूटका निर्देशक एवं जलवायु विशेषज्ञ टिम लेन्टनको यस खोजमुलक अध्ययनका लागि चीन, अमरिका एवं यूरोपका वैज्ञानिकले पनि भाग लिएका थिए ।

गर्मी स्थानमा घनावस्ती
टिम लेन्टन भन्छन्, ‘सुमुद्रको तुलनामा जमिन तिब्र गतिमा तात्नेछ । यसकारण, जमिनको तापक्रम तीन डिग्री बढी हुनेछ । पहिलेदेखि नै गर्मी स्थानमा रहेको बसोबासमा झन बढी जनसंख्या बढ्ने सम्भावना रहेको छ । यसमा सहारा मरुभूमिको दक्षिणमा रहेका अफ्रिकी महादेशको अधिकांश क्षेत्र हुनेछ । अर्थात, एक व्यक्तिको धेरै गर्मी माहौलमा रहनुपर्ने दिन आउनेछ ।’

‘अहिले नै गर्मी स्थानमा झन बढी सघन बसोबास देखिँदैआएको छ । त्यस गर्मी स्थानमा झन बढी गर्मी बढिरहेको छ ।यसै कारण हामी देख्दैछौं कि तीन डिग्री बढी गर्मीमा रहने मानिस सात डिग्री बढी गर्मीको परिस्थितिमा वाँच्न परिरहेको छ ।’

जुन क्षेत्रमा यस परिवर्तनबाट प्रभावित हुने सम्भावना छ, त्यसमा अष्ट्रेलिया, भारत, अफ्रिका, दक्षिण अमरिका एवं खाडी राष्ट्रको केही भाग हुनेछ ।

अध्ययनले यस कुरामा बढी चिन्ता जनाएको छ कि गरिब क्षेत्रमा रहेने मासिनहरु तिब्र गर्मीबाट आफुलाई वचाउन सक्षम हुनेछैनन् ।


पर्यावरणको कम्फर्ट जोन

टिम लेन्टन भन्छन्, ‘मेरा लागि यो अध्ययन ती धनी मान्छेको बारेमा छैन जो एयर कन्डिसनयुक्त भवनमा बसेर आफुलाई वचाइरहेका छन् । मेरो चिन्ता त ती व्यक्तिहरुको बारेमा छ, जोसँग जलवायु परिवर्तन एवं बदलिँदै गरेको मौसमबाट आफैलाई बचाउनका लागि कुनै पनि विकल्प छैन ।’

टीम लेन्टको अध्ययनको मुख्य सन्देश यो हो कि जलवायु परिवर्तनलाई यदि नियन्त्रण गर्न सक्ने हो भने ठूलो फाइदा हुनसक्छ । पर्यावरणको कन्फर्ट जोन भन्दा बाहिर रहने मानिसको संख्या कम गर्न सकिनेछ ।

‘आज जुन तापक्रकम छ, त्यसमा हुने एक डिग्री वृद्धिबाट पनि करिब एक अर्ब मानिस प्रभावित हुन्छन् । यसकारण तापक्रममा हुने वृद्धिको हरेक डिग्रीले हाम्रो रोजिरोटीमा हुने परिवर्तनलाई धेरै हदसम्म वचाउन सकिन्छ ।’

स्रोत : बीबीसी

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १२ : ०० बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा