१३ श्रावण २०८३, बुधबार | July 29, 2026

जलवायु कूटनीतिलाई सशक्त गराउनुपर्नेमा जोड



काठमाडौं । जलवायु कूटनीतिलाई एउटा सशक्त माध्यमका रुपमा अगाडि बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

दी नेपाल विक्लीले आयोजना गरेको अनलाइन कार्यक्रममा सहभागी वक्ताहरुले जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न ठूला तथा साना राष्ट्रहरुले संवाद र सहकार्यलाई अझ सशक्त रुपमा अगाडि बढाउनुपर्ने र यसबाट बढी असर पुगेका नेपालजस्ता विकासोन्मुख मुलुकहरुले अझ बढी क्रियाशीलता देखाउनुपर्ने धारणा व्यक्त गरे ।

पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहले जलवायु परिवर्तन विश्वभरिका लागि ठूलो समस्या र मानव सभ्यताका लागि चुनौतीका रुपमा देखिएकाले यसको समाधानका लागि विकसित देशहरु अझ बढी चनाखो हुनुपर्ने बन्नुपर्ने आवश्यकता देखाएका छन् । साहले राष्ट्रिय, प्रादेशिक, स्थानीय र समुदाय स्तरमा जागरुकता र क्रियाशीलता बढाउन तथा अनुकूलनका लागि पर्याप्त मात्रामा उपयुक्त प्रविधि प्रविधि प्रवद्र्धन तथा विकासमा ध्यान दिनुपर्ने बताए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपालले वन व्यवस्थापन, नवीकरणीय ऊर्जा प्रविधि प्रवद्र्धन तथा विकासलाई समावेश गरेको र सोको सफल कार्यान्वयनका लागि सरकार तथा निजी क्षेत्रको सामूहिक प्रयासमा जोड दिएको बताए ।

नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले कोइला, पेट्रोल र डिजेलको बढ्दो खपतका कारण जलवायु परिवर्तनको असर देखिएकाले त्यसलाई कम गर्न नवीकरणीय ऊर्जा प्रविधिमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

जलवायु परिवर्तन विशेषज्ञ तथा विश्लेषक मञ्जित ढकालले कोप २६ ले विश्वव्यापी कार्यक्रमहरु अघि बढाउन कार्यदिशा प्रदान गरेको र सघन कार्यक्रम सञ्चालन गर्न आर्थिक र प्राविधिक क्षमता वृद्धिका लागि विभिन्न मञ्चहरुमा छलफल र संवाद हुने आशा व्यक्त गरे ।

प्रकृति रिसोर्स सेन्टर नेपालका कार्यकारी निर्देशक राजु पण्डित क्षेत्रीले कोप २६ र अघिल्ला कोपहरुको उपलब्धि, विश्वस्तरका गतिविधिहरु र नेपालमा जलवायु परिवर्तन न्यूनीकरणका लािग भए गरिएका प्रयासहरुबारे जानकारी गराएका थिए ।

यसैगरी वन तथा वातावरण मन्त्रालयका उपसचिव मिलन ढुङ्गानाले सरकार एवं निजी क्षेत्रको सहभागितामा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएकोे जानकारी गराए ।

दी नेपाल विक्लीका सम्पादक शिरीषवल्लभ प्रधानले विकसित मुलुकमा समेत जलवायु परिवर्तनको असरस्वरुप ठूल्ठूला प्राकृतिक प्रकोप देखिन थालेकाले यसलाई कम गर्न मानवीय आचरण प्रकृतिमैत्री हुनुपर्ने, पृथ्वीमाथि अत्यधिक चाप पार्न नहुने र नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगलाई बढाउनुपर्ने सुझाव दिए ।

जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नाका लागि छलफल गर्न, कार्यनीति तय गर्र्न र कोष व्यवस्थापन गर्न राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी २६औँ विश्व सम्मेलन सम्पन्न भएको डेढ महिना पूरा भएको सन्दर्भमा सो अन्तरक्रिया गरिएको थियो । बेलायतको ग्लास्गोमा आयोजित उक्त सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधनका क्रममा नेपालले भोग्नुपरेको जलवायु परिवर्तनसँग जोडिएका विभिन्न समस्याबारे जानकारी गराएका थिए । रासस

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ११ : ४१ बजे

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ

बाँकेमा सशस्त्र प्रहरी हवल्दार झुण्डिएको अवस्थामा भेटिए

नेपालगन्ज । बाँकेमा एकजना सशस्त्र प्रहरी हवल्दार झुण्डीएको अवस्थामा फेला