११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा पनि सत्ता गठबन्धन बलियो



बुटवल । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा पनि सत्ता गठबन्धन बलियो देखिएको छ । १२ माघमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनसँग एमाले एक्लै चुनावी प्रतिष्पर्धामा छ ।

सत्तारुढ गठबन्धनबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रुपन्देहीका तुलबहादुर विश्वकर्मा प्रतिष्पर्धामा छन् ।

एमालेबाट दाङका रामदायल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी प्रतिष्पर्धामा छन् । सत्ता गठबन्धनको मतभार जोड्दा विपक्षी एमालेको भन्दा बढी देखिएको छ ।

लुम्बिनी प्रदेशसभामा एमालेका ३८ सांसद र ८७ पालिकाका प्रतिनिधिको गरी ३ हजार ३९० मतभार छ । विपक्षी गठबन्धनमा कांग्रेसका १९ सांसद र ६६ पालिकाका प्रतिनिधि गरी २ हजार १०० मतभार र माओवादी केन्द्रका १९ सांसद र ४२ पालिकाका प्रतिनिधि गरी १६ सय ६८ मतभार रहेको छ । कांग्रेस र माओवादी केन्द्रको मतभार जोड्दा ३ हजार ७६८ छ ।

गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका १ सांसद र पाँच पालिकाका प्रतिनिधि गरी १३८ मतभार छ । त्यस्तै जसपाका ६ सांसद र १४ पालिकाका प्रतिनिधि गरी ४४४ मतभार छ । त्यस्तै राप्रपाका २ र स्वतन्त्रबाट निर्वाचित १ जनाको गरी १४४ मतभार छ ।

राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट रिक्त रहेका महिला, दलित र अन्य समुदायका गरी तीन जनाका लागि निर्वाचन हुँदैछ । जसमा लुम्बिनी प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २९३ जना मतदाता रहेका छन् । घोराही कर्मचारी मिलन केन्द्रमा मतदान हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ७ : ३५ बजे

तनहुँमा बस दुर्घटना : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको

सुकुमवासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक सुकुमवासीहरुलाई ढुक्क भएर बस्न

साँखुमा गोली चल्यो, तीन जना लागुऔषध कारोबारी प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको साँखुमा प्रहरीले गोली चलाएर तीन जनालाई नियन्त्रणमा

अस्पताल परिसरको सरसफाईमा ध्यान दिन अनुगमन टोलीको निर्देशन

खजुरा । वालेन्द्र सरकारको शासकीय सुधारका १०० दिने कार्यसूची अन्तर्गत

विपिन जोशीको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग गर्ने

काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १०