२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

भाइब्रेन्ट गुजरात समिट स्थगित, प्रधानमन्त्री देउवाको भारत भ्रमण के हुन्छ अब !



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भाइब्रेन्ट गुजरात सम्मेलन स्थगित भएको छ ।

भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना हुने भनिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको भएको भारतीय संचार माध्यम एएनआईले जनाएको छ ।

भारतमा पुन बढ्दै गएको कोरोना भाइरसको ओम्रिकन भेरियन्टका कारण गुजरात सरकारले सम्मेलन स्थगित गरेको समाचारमा उल्लेख गरिएको छ । गुजरात सरकारले समिटको अर्को मिति तय निश्चित गरेको छैन ।

सम्मेलनमा भाग लिने नेपालसहित विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागीता हुने कार्यक्रम थियो । सम्मेलनमा रसियाली प्रधानमन्त्री, मोजाम्बिकका राष्ट्रपति, मौरिससका प्रधानमन्त्री र स्लोभानियाका प्रधानमन्त्री सहभागी हुने कार्यक्रम तय भएको थियो । त्यस्तै विभिन्न देशका मन्त्री र कम्पनीका सीईओ पनि सहभागी जनाउने बताइएको थियो ।

समिटमा भाग लिन पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको निर्णय गरेको थियो । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समितिले पनि आजैमात्र भ्रमणको सफलताको कामना गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने भनिएको समिटमा सहभागी हुन प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने तयारी भइरहेको थियो।

समिट स्थगित भएपछि प्रधानमन्त्री देउवा भारत जानेरनजानेबारे निर्णय भएको छैन।

प्रधानमन्त्रीको भ्रमण हुने नहुनेबारे आजै साँझसम्म जानकारी आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  १ : १६ बजे

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, २३.९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा

पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं। पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन