२४ भदौ २०८३, बुधबार | September 9, 2026

नेपालगञ्ज नाकामा एकै दिन भेटिए ३७ जना कोरोना संक्रमित



नेपालगञ्ज । भारतमा कोरोना संक्रतिम बढेसंगै भारतबाट नेपाल फर्कंदै गरेका नेपालीमा पनि कोरोना पुष्टि हुने क्रम बढेको छ ।

नेपाल भारत सिमानाको नेपालगञ्ज नाका हुँदै शुक्रबार नेपाल भित्रिएका ३७ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाको दोस्रो लहरमा कमी आएपछि नेपालगञ्ज नाकामा एकैदिन ठुलो संख्यामा संक्रमित भेटिएको पहिलो घटना हो ।

नेपालगञ्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले ७ सय १० जनाको जाँच गर्दा ३७ जनामा कोरोना देखिएको जानकारी दिए । कोरोना प्ुष्टि भएकाहरुमा भारतको महाराष्ट्रबाट आएका धेरै रहेको उनले बताए ।

कोरोना पुष्टि भएकाहरुलाई एम्बुलेन्सबाट नेपालगञ्जको बाल मन्दिर नजिकै बनाइएको आइसोलेसन सेन्टरमा राखिएको छ ।

शुक्रबारदेखि नेपालगञ्ज नाकामा मास्क अनिवार्य गरिएको छ भने भारतबाट आएका सबैलाई समेत अनिवार्य मास्क लगाउन लगाइएको छ ।

उनीहरुलाई केही दिन नेपालगञ्जको आइसोलेसन सेन्टरमा राख्ने र सम्बन्धित पालिकासँग समन्वय गरेर पठाउने तयारी भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १ : १५ बजे

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण