१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

चितवन एमालेको अधिवेशन स्थगित, अध्यक्ष चुन्ने जिम्मा अध्यक्ष मण्डललाई



चितवन । नेकपा (एमाले) चितवनको १०औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । अधिवेशनअन्तर्गत आज भएको बन्दसत्रमा नेतृत्वले अध्यक्षमा सहमति गराउन सकेन । आइतबार चितवन महोत्सव उद्घाटन हुने कार्यक्रम रहेकाले २६ पुससम्मको लागि अधिवेशन स्थगित गरिएको छ ।

अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, तेजेन्द्र खड्का र कमल पाठकले आकांक्षा देखाएकोमा पाठकले न्यौपानेलाई समर्थन गर्ने भएका छन् । आफू उपाध्यक्षमा बस्ने भन्दै उनले न्यौपानेलाई अध्यक्षमा समर्थन गरेका हुन् । अध्यक्षमा आकांक्षा देखाएका खड्काले पनि अध्यक्षमा दाबी नरहेको प्रतिक्रिया दिएका छन् ।

बाँकी तीन आकांक्षीहरूमा पनि सहमतिबाटै अध्यक्ष चयन गर्ने प्रयास गरिएको छ । सर्वसम्मतिबाट अध्यक्ष चयन गर्न ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्ष मण्डलमा जिल्ला अध्यक्ष पार्वती रावल र पूर्वअध्यक्ष कृष्णभक्त पोखरेलसहित चितवनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका नेताहरू छन् ।

शनिबार भएको बन्दसत्रमा आर्थिक, सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफलपछि पारित भएका छन् । त्यस्तै, जिल्ला कमिटीमा रहन चाहने इच्छुक नेताहरूको सूची बनाएर अध्यक्ष मण्डललाई दिइएको छ ।

न्यौपानेको सम्भावना बलियो

जिल्ला अध्यक्षका आकांक्षी रामप्रसाद न्यौपाने एमाले अध्यक्ष केपी ओली निकटका भएकाले पनि अबको अध्यक्ष न्यौपाने नै हुने सम्भावना बलियो छ । विगतमा एमालेको माधवकुमार नेपाल पक्षमा रहेका नेताहरूले अध्यक्षमा जोडदार माग गर्न सक्ने अवस्था छैन ।

अध्यक्ष चुन्ने जिम्मा अध्यक्ष मण्डललाई दिइएको अध्यक्षका आकांक्षी तेजेन्द्र खड्काले बताए । ‘सहमतिका लागि अध्यक्ष मण्डललाई म्यान्डेट दिएको छ’, उनले भने, ‘मैले पनि सहमतिको लागि भनेर नेतृत्वलाई जिम्मा दिएको हो ।’

अधिवेशनका लागि स्थानीय तह र पेसागत सङ्गठनहरूबाट एक हजार ६०० प्रतिनिधि आएका छन् । अध्यक्षका आकांक्षी कृष्ण भुर्तेलले पनि सहमतिका लागि लचक बनेको बताए । काम विशेषले आफू बन्द सत्रमा बस्न नपाएको उनले बताए ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ९ : १३ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै