१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

गरिबी अन्त्य भए मात्र देशको अर्थतन्त्र बलियो हुन्छ : डा. बाबुराम भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले गरिबी अन्त्य भए मात्र देशको अर्थतन्त्र बलियो हुने बताएका छन् ।

काठमाडौंमा आइतबार राष्ट्रिय व्यापार संघको १७ औं वार्षिक साधारण सभा तथा नवौं महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा चेतनामा परिवर्तनसँगै गरिबी अन्त्य नभएसम्म देशको अर्थतन्त्र बलियो हुन नसक्ने बताए ।

सबै पक्ष एकजुट भएर गरिबी अन्त्य गरेर देशको अर्थतन्त्र बलियो बनाउनुपर्नेमा उनको जोड छ । राजनीति व्यवस्था परिवर्तन भए पनि अर्थतन्त्र सुधार्न नसकेको बताएका डा। भट्टराईले दैनिक जीवनयापनका लागि युवा विदेश पहलायन हुने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

राजनीतिक नेतृत्वको अदूरदर्शीका कारण देशको विकास र समृद्धि हुन नसकेको बताउँदै उनले देशको समृद्धिका लागि राजनीतिक नेतृत्वले विज्ञहरुको ज्ञान, सीप र अनुभवको सदूपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।

कर्मचारी संयन्त्रमा देशलाई समृद्ध बनाउन जनशक्ति भए पनि त्यसलाई परिचालन गर्न राजनीतिक नेतृत्वले ध्यान दिन नसकेको डा। भट्टराईको भनाइ छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ५ : २४ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका