२३ बैशाख २०८१, आइतबार | May 5, 2024

‘पुष्पा’ हिट भएपछि अभिनेत्री रश्मिकाले बढाइन् पारिश्रमिक



काठमाडौं । अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म साबित भइसकेको छ । फिल्मले बक्स अफिसमा पैसा संकलनको काम जारी राखेको छ । पेन इन्डियाको फिल्मलाई भारतभर रुचाइएको छ ।

दर्शकहरू अल्लूको अभिनयबाट जति फिदा भएका छन्, अभिनेत्री रश्मिकाको प्रस्तुतिबाट उत्तिकै मोहित छन् । सुकुमार निर्देशित फिल्मको दोस्रो संस्करणका निर्माणका लागि निर्माताहरू जुटिसकेका छन् ।
निर्माताहरूले फिल्मको सिक्वेलको रूपमा ‘पुष्पाः द रुल’ बनाउँदैछन् ।

समाचारअनुसार फिल्मको सिक्वेलका लागि रश्मिकाले आफ्नो पारिश्रमिक बढाएकी छन् । उनले ‘पुष्पाः द राइज’मा दुई करोड पारिश्रमिक लिएकी थिइन् । अब उनी यो पारिश्रमिकमा एक करोड बढाएर तीन करोड लिँदैछिन् । निर्माताहरू पनि उनको निर्णयमा सहमत छन् । रश्मिकाको फिल्मी करियर यो पारिश्रमिक अहिलेसम्मकै सर्वाधिक बढी हो ।

सिक्वेलको आगामी फेब्रुअरीमा सुटिङ सुरु हुँदैछ । फिल्म सन् २०२२ को अन्त्यसम्ममा रिलिज हुनेछ । कामको कुरा गर्दा रश्मिका चाँडै नै बलिउडमा डेब्यु गर्दैछिन् । उनी सिद्धार्थ मल्होत्राका साथ फिल्म ‘मिसन मजनू’मा देखिँदैछिन् । यसबाहेक उनी बलिउड फिल्म ‘गुडबाय’को हिस्सा पनि हुँदैछिन् ।

 

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ८ : ०१ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ