३० असार २०८३, मंगलबार | July 14, 2026

नेपाल भित्रँदै गरेकाहरुको कोरोना परिक्षण गर्दागर्दै नाकाका स्वास्थ्य कर्मचारीलाई नै कोरोना संक्रमण



नेपालगन्ज । भारतबाट आएका शंकास्पद कोरोना संक्रमितको एन्टिजेन परिक्षण गर्ने ल्याव टेक्निसियन र स्वास्थ्यकर्मीहरुलाई नै धमाधम् कोरोना संक्रमण पुष्टि हुन थालेको छ । रुपन्दहीको बेलहिया नाकामा कार्यरत २ जना ल्याव टेक्निसियनलाई कोरोना संक्रमण पुष्टि भएको भोलिपल्ट बाँकेका जमुनाहा नाकामा कोरोना परिक्षणमा कार्यरत १ जना ल्यावका कर्मचारी सहित ७ जनालाई एकै दिनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सीामानाकामा एन्जिेन परिक्षणमा खटिएका ल्यावका कर्मचारी श्रीराम आचार्यलाई सुरुमा कोरोना संक्रमण देखिएसँगै २ जना पारामेडिसीन (अहेव) रामहादुर शाही र हेमन्त राना तथा कार्यालय सहयोगी बुद्धिराम चौधरी र थप ३ जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

सीमानाकामा खटिएका स्वास्थ्य कर्मचारीलाई संक्रमण पुष्टि भएपछि नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका ल्यावका कर्मचारीलाई सीमामा खटाइएको छ । भारतबाट नेपाल फर्किरहेका ३९६ जना नेपालीको एन्टिजेन परिक्षण गर्दा आज पनि ३७ जनामा कोरोना संक्रमण पसष्टि भएको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिए । वलीका अनुसार बाँकेका बिभिन्न ल्यावमा भएकाे स्वाव परिक्षणमा १३ जना बाँकेका र २ जना जिल्ला बाहिरका नागरिकमा संत्रफमण पुष्टी भएकाे छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ८ : १० बजे

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन