२० मंसिर २०८२, शनिबार | December 7, 2025

लुम्बिनी प्रादेशिक अस्पतालबाट हटाइएका पूर्व मेसु डा. राजेन्द्र खनाल लुम्बिनी प्रदेश स्वास्थ्य सचिवमा सिफारिस



बुटवल । प्रदेश सरकारले एघारौं तहमा रहेर लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट रहेका डा. राजेन्द्र खनाललाई हटाएर दशौं तहका डा. ईन्द्र ढकाललाई मेडिकल सुपरिटेण्डेन्ट बनाइएपनि संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले तीनै हटाइएका पूर्व मेसु डा. खनाललाई लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य सचिवमा सिफारिस गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र मातहतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा डा. खनाललाई लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य सचिवमा सिफारिस गरेको हो ।

मंगलबार मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेका छन्। लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ । मन्त्री खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई वीर अस्पताल सरुवा गरेका छन् भने औषधी व्यवस्था विभागमा महानिर्देशक नारायण ढकाललाई औषधी प्रयोगशाला पठाइएको छ । औषधीको व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई ल्याइएको छ ।

त्यसैगरि राष्ट्रिय एचआईभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल पठाइएको छ भने उनको ठाउँमा डा. सन्जय ठाकुरलाई ल्याइएको छ ।

कारागार अस्पतालमा डा. श्रीराम तिवारीलाई राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र लगिएको छ भने त्यहाँका निर्देशक डा. प्रकाश शाहलाई कर्णाली प्रदेश पठाइएको छ । वीर अस्पतालका डा. सरोज शर्मालाई कान्ति बाल अस्पताल पठाउने निर्णय गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  १० : २७ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल