५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

म्याग्दीको मङ्गला गाउपालिकामा अस्पताल निर्माण गरिँदै



म्याग्दी । मङ्गला गाउँपालिका-५ हाँडेभिरमा पालिकास्तरीय अस्पतालको भवन निर्माण थालिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन निर्माण हुन लागेको हो ।

मङ्गला गाउँपालिकाका इञ्जीनियर सुजन पौडेलले १० शय्या क्षमताको अस्पतालका लागि एक हजार १२४ दशमलव ६४ वर्गमिटर क्षेत्रफलमा दुई भवन निर्माण थालिएको जानकारी दिए । “आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन बनाउन लागिएको हो”, उनले भने, “आगामी २०८० असारसम्म भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।”

भवन निर्माणका लागि ओमबुद्ध इन्टरनेशनल कन्सट्रक्शन काठमाडौँसँग २०७८ असारमा रु नौ करोड ११ लाखमा ठेक्का सम्झौता गरिएको थियो । भवनको कूल रु १२ करोड ९७ लाखको लागत अनुमान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाका अनुसार दुई भवनमा ३५ कोठा निर्माण गरिनेछन् । विसं २०७७ पुस १५ गते सो अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले शिलान्यास गरेका थिए ।

अस्पतालका लागि अर्मन स्वास्थ्यचौकी परिसरमा तीन वर्षअघि आठ रोपनी जग्गा व्यवस्थापन गरिएको थियो । मङ्गलाका साथै म्याग्दीको अन्नपूर्ण र धवलागिरि गाउँपालिकाले पनि आधारभूत अस्पताल भवन निर्माण सुरु गरेका छन् ।

धवलागिरि गाउँपालिकाले ताकममा र अन्नपूर्ण गाउँपालिकाले वडा नं १ दोबामा अस्पताल निर्माण सुरु गरेका छन् । अस्पताल बनाउन सरकारले गत आवमा अन्नपूर्ण र धवलागिरि गाउँपालिकालाई रु ७०–७० लाख तथा रघुगङ्गा र मङ्गला गाउँपालिकालाई रु ८५–८५ लाख बजेट विनियोजन गरेको थियो । रासस

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ८ : २४ बजे

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि सुरु हुने

भक्तपुर । आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२

नेपाल र भारतबीच फौजदारी कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच फौजदारी विषयमा पारस्परिक कानुनी सहायतासम्बन्धी

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार

विश्वदीप निरन्तर घरदैलोमा, मतदातामा उत्साह

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले