१३ श्रावण २०८३, बुधबार | July 30, 2026

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक



काठमाडौँ । निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ । राजनीतिक दलहरुसँग परामर्श गर्न भन्दै आयोगले सर्वदलीय बैठक बोलाएको हो ।

दलहरुसँग छलफलका लागि शुक्रबार शुक्रबार साढे ११ बजे बस्ने गरि बैठक बोलाइएको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् ।

थपलियाका अनुसार बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई निमन्त्राणा गरिएको छ । निर्वाचन आयोगले आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका बारेमा दलहरुसँग छलफल गर्न बैठक बोलाइृएको जनाएको छ ।

त्रैठकमा आयोगले हाल जारी राखेको मतदाता नामावली संकलनको कामका विषयमा आयोगले दलहरुलाई जानकारी दिने कार्यक्रम रहेको बताइएको छ ।

त्यस्तै, स्थानीय तहको निर्वाचनको मिति तय गर्ने विषयमा पनि छलफल हुने छ ।

आयोगले स्थानीय तहको निर्वाचनका सम्बन्धमा गत पुस ९ गते नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते स्थानीय तहको चुनावका विषयमा प्रस्ताव गरेको थियो । सरकारले भने त्यस सम्बन्धमा कुनै निर्णय गरिसकेको छैन ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १० : ३१ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ