१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कालापानी-लिपुलेक-मानसरोबर सडक सम्बन्धमा आयो नेपाल सरकारको धारणा



काठमाडौ । नेपाल सरकारले आफ्नो सिमानामा कुनैपनि गतिबिधि नगर्न भारतलाई चेतावनी दिएको छ । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडकको उदघाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाउंदै यस्तो चेतावनी दिएको हो ।

आज पराराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै नेपालको सीमानामा कुनै पनि गतिविधि गर्न भारत सरकारलाई आग्रह गरेको हो । विज्ञप्तीमा भनिएको छ । ‘सुगौंली सन्धी अनुसार काली [महाकाली] नदीको पूर्वमा रहेका लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भूभाग हुन्’ । नेपाल सरकारले धेरैपटक भारतलाई यो कुरा भनिसकेको बिज्ञप्तीमा स्मरण गराईएको छ ।

पछिल्लो समय भारतले जारी गरेको नयाँ राजनैतिक नक्शाको जवाफमा २० नोभेम्बर २०१९ मा भारत सरकारलाई सम्बोधन गरिएको कुटनैतिक नोटमा पनि यस कुरालाई दोहोर्याएको थियो । यस्तो अवस्थामा नेपाल सरकारको विना अनुमति सडक मार्ग खोल्नु नेपालको लागि दुखद् कुरा हो । यस कुराको नेपालले घोर भत्सर्ना गर्दछ । बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

भारतले लिपलेक हुँदै मान सरोबर जाने सडकको उदघाटन गरेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ । प्राय सबै दल र संघ संगठनहरुले भारतीय कदमको विरोध गरेका छन् । भारतको यो कदमबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग भइरहेका बेला परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेको हो ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ३ : २६ बजे

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, पहिरो हटाउन तीन उपकरण परिचालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक दुईतर्फी रूपमा

आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रियसभा सांसदको जोड

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनसम्बन्धी कसुरमा

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं