२ पुस २०८२, बुधबार | December 18, 2025

माघे संक्रान्तिलाई जंगलमा वन तरुल खोज्नेको भिड



खोटाङ । माघे संक्रान्तिका लागि खोटाङका स्थानीयवासी जंगलमा वन तरुल खाेज्न व्यस्त छन् । वन तरुल निकाल्न कुटो, कोदालो र झम्पालसहित स्थानीयकाे भिड नजिकका जंगलमा बढेकाे छ ।

माघे संक्रान्तिमा घर तरुल, सखरखण्ड, इस्कुसको जरा, घिउ, चाकुलगायतका परिकार खाने प्रचलन भए पनि स्थानीयले वन तरुललाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । माघे संक्रान्तिका दिन ‘एक टुक्रा भए पनि वन तरुल खानुपर्छ’ भन्ने मान्यता छ । कतिपयले आफैलाई र कतिपयले बिक्रीका लागि तरुल खाेज्ने गरेका छन् ।

कुनै-कुनै घना जंगलमा पाइने वन तरुल निकाल्न निकै मिहिनेत गर्नुपर्ने हुन्छ । वन तरुलको फल जमिनको सतहबाट दुई/तीन मिटरमुनि भेटिने भएकाले गहिरो खाडल खन्नुपर्ने हुन्छ । दुई-तीन दिनअघिदेखि माघे संक्रान्तिको दिनसम्मै वन तरुल खन्ने गरेकाे र त्यसका लागि हुलका हुल स्थानीय जंगलमा पुग्ने गरेका हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारका रहरमान राईले बताए ।

निकै मिहिनेतका साथ निकालिएको वन तरुल बिक्रीका लागि बजारमा समेत ल्याउने गरिएको छ । कतिपयले माघे संक्रान्तिभन्दा हप्ता दिनअघिदेखि नै कन्दमुल खरिद गरेर राख्ने गरेका छन् । कन्दमुलमध्ये वन तरुलको मूल्य महँगो पर्छ ।

 

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : ०६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल