१२ बैशाख २०८३, शनिबार | April 25, 2026

चाँडपर्वले सामाजिक सदभाव कायम गर्दै एकताको सन्देश दिनुपर्छ : अध्यक्ष तिमिल्सिना



काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले धार्मिक तथा सांस्कृतिक सम्पदाको रुपमा रहेका चाडपर्वले हाम्रो देशलाई सुपरिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकाे बताएका छन् ।

‘हामी नेपालीबीच मनाइने यी र यस्ता पर्वले संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गरी सामाजिक सदभाव कायम गर्दै एकताको सन्देश दिन सक्नु पर्दछ,’ तिमिल्सिनाले शुभकामना सन्देशमा भनेका छन् ।

माघी, मकर संक्रान्ति, माघे संक्रान्ति र किराँत संवत्‌को नयाँ वर्षले सबै नेपालीमा एकता, सद्भाव र सहिष्णुतालाई कायम राख्दै आरोग्य जीवन प्राप्तिको कामना पनि उनले गरेका छन् ।

माघे संक्रान्ति, माघी पर्व, तिलुवा संक्रान्ति, मकर संक्रान्ति, किराँत येले संवत्‌को नयाँ वर्ष आज मनाइँदैछ ।

आजको दिन तिलको लड्‍डु, घ्यूचाकु खान र मकर स्नानका लागि प्रसिद्ध यो पर्व स्नान, दान, पुजाअर्चना, शुभकामना आदानप्रदान, मनोरञ्जन र मिष्ठान भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ ।

यस पर्वलाई विशेष गरी मगर समुदायले माघे संक्रान्ति, थारु समुदायले माघी पर्व, नेवार समुदायमा घ्यूचाकु सँल्हु नामले तथा अन्य समुदायले मकर संक्रान्तिका रुपमा मनाउँदै आइरहेको पाइन्छ ।

अर्कोतर्फ सूर्यको उत्तरी र दक्षिणी धुव्रको अवस्थितिको आधारमा यसको गणना र मापन गरिन्छ । आजबाट सूर्य उत्तर दिशातर्फ सर्दै जाने र उत्तरी गोलार्ध्द सरेपछि सूर्यको न्यानोपना बढ्दै जाने विश्वास गरिन्छ र सूर्य मकर राशीमा प्रवेश गर्ने भएकाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ । प्रथम किराँत राजा यलम्बर हाङको स्मृतिमा यस दिनलाई किराँत येले संवत्‌को नयाँ वर्षको रुपमा पनि मनाइन्छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ७ : ५५ बजे

वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

चितवन । नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘सफारी

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि

थापाथलीको सुकुम्बासी बस्ती खाली गरियो

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गरिएको छ ।

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल-इजिप्ट मैत्री दौड

काठमाडौं । सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग सुरु