१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कोरोनाका कारण महोत्सव र उत्सव प्रभावित



लमजुङ । लमजुङमा माघमा हुने भनिएको मेला महोत्सव कोरोना संक्रमणका कारण प्रभावित भएका छन् । माघको पहिलो हप्ता सोनाम ल्होछारमा हुने उत्सव र माघ अन्तिम साता हुने सातौँ लमजुङ महोत्सव प्रभावित भएको हो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि संघ सरकारसँगै गण्डकी प्रदेश सरकारले पनि मेला महोत्सव, भेला र भिडभाड बढि हुने कार्यक्रम नगर्न आग्रह गरेपछि लमजुङमा माघको पहिलो साता र अन्तिम साता हुने भनिएका दुईवटा मेलामहोत्सव प्रभावित हुने भएका हुन् ।

अघिल्लो हप्तामात्रै लमजुङ उद्योग वाणिज्य संघले लमजुङको बेँसीसहरमा २१ माघदेखि १ फागुनसम्म सातौँ लमजुङ महोत्सव गर्ने निर्णय गरेको थियो । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालका अनुसार छोटो समयमा महोत्सव गर्ने निर्णय गरी तयारी सुरु गरेपनि कोरोना संक्रमण तेस्राे लहरको जोखिम बढेपछि महोत्सव स्थगित गर्नुपरेको बताए ।

सरकारले नै मेला महोत्सव नगर्न निर्देशन दिएपछि महोत्सवको गर्नुको औचित्य नहुने भन्दै यसबारेमा औपचारिक निर्णय गर्न बाँकी रहेको अध्यक्ष सिलवालले बताए । संघका पदाधिकारी सहित अन्य सरोकारवालासँग छलफल गरी महोत्सव कहिले गर्ने भन्ने विषयमा निर्णय गरिने अध्यक्ष सिलवालको भनाइ छ ।

नेपाल तामाङ साँस्कृतिक घेदुङ जिल्ला समन्वय समिति लमजुङले पनि तामाङ समुदायको नयाँ वर्ष २८५८औँ सोनाम ल्होछारको अवसरमा लमजुङमा गर्न लागिएको साँस्कृतिक उत्सव आयोजक समितिले अघिल्लो सातामात्रै सदरमुकाम बेसीशहरमा पत्रकार सम्मेलन गरी ८ माघमा साँस्कृतिक उत्सवको बारेमा जानकारी गराएको थियो ।

तर, पछिल्लो समय मुलुकको परिस्थिति परिवर्तन भएसँगै बृहत साँस्कृतिक कार्यक्रम प्रभावित हुने भएको हो । केही वर्षबाट तामाङ समुदायले साँस्कृतिक पर्व ल्होसारको अवसरमा मेला महोत्सव गर्न थाले पनि गत वर्ष पनि कोरोनाकै कारण कुनै औपचारिक कार्यक्रम हुन सकेको थिएन । यसवर्ष पनि मेला महोत्सव नहुने भएपछि तामाङ समुदायले परम्परागत रुपमा पारिवारभित्रै ल्होसार मनाउने नेपाल तामाङ साँस्कृतिक घेदुङ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष विकास तामाङले बताए ।

डिसिसिएमसी संयोजक एवं लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले संघीय सरकार र प्रदेश सरकारले संक्रमणकालीन अवस्थामा मेला महोत्सव नगर्न भनिएकाे बताए ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ८ : ३६ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति